कञ्चनपुरको पुनर्वासमा सोमबार नेपाल ईट्टा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशन मार्फत बलदेव सिंह बुडालको नेतृत्वमा पुनः नयाँ समिति सर्वसम्मत रूपमा चयन गरिएको छ । सो अधिवेशन मार्फत न्यु लक्ष्मी इट्टा उद्योग बेलौरीका सञ्चालक सुरज श्रेष्ठ नेपाल ईट्टा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समितिको महासचिव पदमा निर्वाचित हुनु भएको छ । युवा ब्यवसायी, शिक्षण पेशा संगै श्रेष्ठले पत्रकारीतामा पनी दख्खल राख्नुभएको छ । उहाँ कञ्चन आवाजको सञ्चालक तथा अनमोल प्रेसका सम्पादक समेत हुनुहुन्छ । महासचिव श्रेष्ठ यती मात्रै नभइ सेती–महाकाली ट्रक यातायात ब्यवसायी समितीमा निर्वाचीत कार्य समिती सदस्य समेत रहनुभएको छ ।

झण्डै ४ बर्ष अघि बेलौरी–६ मा आफ्नै न्यु लक्ष्मी इट्टा उद्योग सञ्चालन गरी बस्दै आउनु भएका श्रेष्ठ यसअघि पनी प्रदेश समितिको कोषाध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो । उहाँको इट्टा उद्योग मार्फत सिजनमा २ सय को हाराहारीमा रोजगारी प्राप्त गर्ने गरेको श्रेष्ठले बताउनुभयो । आफु महासचिब पदमा निर्वाचित भैइसकेको बताउदै इट्टा उद्योगीहरु बिच एकता कायम गराउने र इट्टा उद्योगको हक हितका लागी निरनतर खटिरहने पहिलो काम रहेको उहाँले बताउनुभयो । महासचिव श्रेष्ठले समितिलाई बलीयो बनाउन पहल गर्ने, काचो इट्टाको बिमा गराउन सरोकारपक्ष संग पहल चाल्ने लगायत इट्टा उद्योग लाई आधुनीकिकरण गर्न पहल गर्ने आफ्नो उद्देश्य रहेको र सोही अनुरुपको काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सोमबार भएको अधिबेशन मार्फत नेपाल इट्टा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा मुक्तिप्रसाद सुवेदी र कोषाध्यक्ष नविन शर्मा चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा खडक विक्रम थापा, दिलिपबहादुर चन्द र विष्णुदत्त पाण्डे सहित सात सदस्य समिति चयन भएको छ ।