कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा खेलकुदलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ पुनर्वास नगरपालिका–७ मा सिद्धार्थ युवा क्लबको आयोजनामा १५ औँ रनिङ्ग चाँदीकप खुल्ला पुरुष फुटबल प्रतियोगिता–२०८२ हुने भएको छ । आयोजक क्लबका अध्यक्ष प्रकाश तामाङका अनुसार प्रतियोगिता आगामी असोज ११ गते देखि सुरु हुनेछ । स्थानीय युवा खेलाडीलाई प्रोत्साहन गर्नुका साथै जिल्लामा खेल पर्यटनको सम्भावना बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा विभिन्न जिल्ला तथा भौगोलिक क्षेत्रका नाम चलेका टिमहरुले प्रतिस्पर्धा गर्नेछन् । यसअघि सम्पन्न संस्करणहरुले पनि ठूलो जनसमूहको आकर्षण पाएको आयोजकले जनाएको छ । कञ्चनपुरको पुनर्वासमा हुने यो प्रतियोगिता जिल्लाकै उत्कृष्ट खेल मध्येको एक मानिने क्लवका सचिब सुक बहादुर तामाङले बताउनुभयो ।

प्रतियोगीतामा विजेता टिमले २ लाख २२ हजार रुपैयाँ नगद पुरस्कार तथा आकर्षक ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता टिमले १ लाख ११ हजार रुपैयाँ नगद सहित पदक तथा प्रमाणपत्र प्राप्त गर्ने क्लबले जनाएको छ । प्रतियोगिताले स्थानीय स्तरमा मात्र नभई क्षेत्रीय स्तरका खेलाडीलाई पनि आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । कञ्चनपुर, कैलाली, डडेलधुरा, बाँके लगायतका जिल्लाबाट समेत टिम सहभागी हुने अपेक्षा गरिएको छ ।

फुटबललाई ग्रामीण भेगसम्म र्पुयाउने र खेलकुदमैत्री समाज निर्माण गर्ने उद्धेश्यले निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता दक्षिणी भेगका खेल प्रेमीका लागि ठूलो पर्व सरह मानिन्छ प्रत्येक खेलमा हजारौं दर्शकहरुको उपस्थिति हुने भएकाले यसले स्थानीय व्यवसाय र पर्यटन प्रवद्र्धनमा समेत योगदान र्पुयाउने अपेक्षा गरिएको छ । प्रतियोगिता सफल पार्न सम्पूर्ण तयारी तीव्र गतिमा भइरहेको क्लबले जनाएको छ।