कञ्चनपुरको पुनर्वासमा सशस्त्र प्रहरीको नयाँ भवन उद्घाटन गरिएको छ । पुनर्वास–८ खड्डाकंकडमा सशस्त्र प्रहरी बल नेपाल बिओपी (बोर्डर आउट पोस्ट) खड्डाकंकडको नयाँ भवन उद्घाटन गरिएको हो ।

भवनको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले पुरानो जीर्ण भवनबाट सेवा दिदै सशस्त्र प्रहरीलाई केही भएपनी राहात मिल्ने बताउनुभयो । आफुले अनुगमन गर्दा सशस्त्र प्रहरीले त्रिपाल मुनी बसेर डिउटी गरेको देखेपछी आर्थीक वर्ष २०८१÷८२ मा ६ ठाउँमा बिओपीहरुको भवन निर्माणका लागी बजेट बिनियोजन गरेको बताउनुभयो । तर आवश्यक परेको ठाउँमा जग्गा नपाउँदा पनी बिओपीहरुलाई चाहीने भवन निर्माण गर्न समस्या भएको बताउनुभयो । उहाँले चालु आर्थीक बर्षमा पनी ३ ठाउँका लागी बिओपीहरुको भवन निर्माणका लागी बजेट बिनियोजन गरेको जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी, प्रहरी, लगायतको सुरक्षा निकायहरु जनताको सेबक भएको बताउदै जनताले पनी सहयोग गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । केही तस्करहरको चित्त बुझाइ नहुनु स्वभाबिक रहेको बताउदै आम जनतालाई कहिल्यै दुःख नदिन पनी निर्देशन दिनुभयो । उहाँले बिओपीका लागी जग्गा दान गर्नुहुने सिद्धराज ओझालाई आगामी दिनमा समेत सहयोगको हात अघि बड्नु भन्दै कृतज्ञता ब्यक्त गर्नुभयो ।


भवनको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की र सुदूरपश्चिमका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रदीप कुमार पालले संयुक्त रूपमा उद्घाटन गर्नु भएको थियो । सो कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाको उपप्रमुख भुलिया कुमारी रानाले बिओपीका कारण पहिलेको भन्दा चोर ितस्करी समेत कम हुदै गएको बताउनुभयो । जिर्ण भवनमा बसेर डिउटी गर्नुपर्ने बाध्यताको अन्तय भएको उहाँले बताउनुभयो । उहाँले अहिले वर्डफ्लुको संक्रमण फैलीरहेको अवस्थामा अझ कडाइका साथ काम गर्न समेत आग्रह गर्नुभयो ।

भवन निर्माणका लागि स्थानीय सिद्धराज ओझाले १० कट्ठा १ धुर जग्गा दान गर्नुभएको थियो । उहाँको योगदानको कदर गर्दै कार्यक्रममा उहाँलाई सम्मान समेत गरिएको थियो । यता कार्यक्रममा बोल्दै सुदूरपश्चिमका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रदीप कुमार पालले सिमित स्रोत र साधनका बिच डिउटी गर्दै आएको सशस्त्र प्रहरीले सरकारले भनेको मापदण्ड अनुसारको सेवा समेत नपाएको बताउनुभयो । सिमा सुरक्षा जस्तो संबेदनशिल बिषयमा प्रभावकारी रुपमा जनशक्ति परिचालनले मात्रै नहुने बताउदै उहाँले भवन निर्माण गरी सहयोग गरेको प्रती प्रदेश सरकारलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

सो भवन ४५ लाख लागतमा निर्माण गरीएको हो । जसमा २ कोठा, एउटा हल र २ वटा शौचालय समेत रहेको छ । भवन उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि र स्थानीय बासिन्दाहरूको उपस्थितिमा नयाँ भवन सशस्त्र प्रहरी बल बिओपी खड्डाकंकडलाई हस्तान्तरण गरिएको छ ।