सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरमा यतीबेला सशस्त्र प्रहरी उपरिक्षक लोकेन्द्रदेब भट्टले कमाण्ड समाल्नु भएको छ । उहाँले कमण्ड सम्हालेको ६ महिनामा पुरा भएको छ । यो ६ महिनामा ५ करोड २५ लाख ७१ हजार ७३५ रुपैँया राजस्व संकलन भएको छ । पछिल्लो २ बर्ष यताको तथ्याङ्क हेर्दा कञ्चनपुरमा कमण्ड सम्हाल्नु भएका सशस्त्र प्रहरी उपरिक्षक खगेन्द्र बहादुर चन्द र हालका प्रमुख लोकेन्द्र देब भट्टको कामको प्रसंशा हुदै आएको छ ।


सशस्त्र प्रहरी उपरिक्षक लोकेन्द्रदेब भट्टको नेतृत्वमा फाल्गुनमा १ करोड ३९ लाख ६० हजार २६१ रुपैँया राजस्व संकलन भएको थियो । यस्तै चैत्रमा ९७ लाख ३ हजार ८१० रुपैँया, बैशाखमा ७९ लाख ३१ हजार १८३ रुपैँया, राजस्व संकलन भएको थियो । जेठमा ५० लाख २९ हजार ६१६ रुपैँया, असारमा ६८ लाख १३ हजार ४९५ रुपैँया, र श्रावणमा ९१ लाख ३३ हजार ३७० रुपैँया, राजस्व संकलन गर्दै ६ महिनामा ५ करोड २५ लाख बढी राजस्व संकलन गर्न सफल भएको सशस्त्र प्रहरी उपरिक्षक लोकेन्द्रदेब भट्टले बताउनुभयो । गत बर्ष यही अवधीमा ३ करोड ४८ लाख ४४ हजार ५८ रुपैँया संकलन भएको थियो । यसरी हेर्दा ६ महिना अबधिमा अहिले १ करोड ७७ लाख २७ हजार ६७७ रुपैँया बढी राजस्व संकलन भएको छ ।

यतीबेला सशस्त्र प्रहरीले सिमा क्षेत्रमा कडाइ समेत बढाएको छ । पछिल्लो समय वर्डफ्लुको समेत जोखीम बढेको बताउदै सशस्त्र प्रहरी उपरिक्षक लोकेन्द्रदेब भट्टले समुदाय स्तरबाट पनी साथ र सहयोगको खाँचो रहेको बताउनुभयो । उहाँले गत शुक्रबार पुनर्वास नगरपालीकामा भएको एक कार्यक्रममा खुल्ला सिमा क्षेत्रबाट एक पिस कुखुरा भित्रीन नदीन आफु मातहतको युनिटलाई निर्देशन समेत दिनु भएको छ । उहाँले जस्को क्षेत्रबाट कुखुरा र माशुजन्य पदार्थ नेपाल भित्रियो भन्ने गुनासो आउँछ सो क्षेत्रको बिओपी प्रमुखहरुले स्पष्टीकरण दिनुपर्ने बताउनु भएको थियो ।

यसैबिच शनिबार पुनर्वास–८ खड्डाकंकडमा सशस्त्र प्रहरी बल नेपाल बिओपी (बोर्डर आउट पोस्ट) खड्डाकंकडको नयाँ भवन उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी उपरिक्षक लोकेन्द्रदेब भट्टले कमाण्ड समाले यता ६ महिनाको अबधिमा जिल्लाको दक्षिणी क्षेत्र (बिओपी झिलमिला देखी बिओपी डोकेबजार) सम्ममा १४ लाख बढीको कुखुरा, माछा र अण्डा बरामद गरी नष्ट गरेको सशस्त्र प्रहरी उपरिक्षक भट्टले जानकारी दिनुभयो । उहाँको अनुसार ३ हजार ५७५ कलोग्राम कुखुरा, ८७८ किलोग्राम माछा र १०८ क्यारेट अण्डा दक्षिणी क्षेत्रमा मात्रै बरामद गरी नष्ट गरेको बताउनुभयो ।

गत बर्ष सशस्त्र प्रहरी उपरिक्षक खगेन्द्र बहादुर चन्दले आफ्नो कार्यकालमा झण्डै १० करोड रुपैँया राजस्व संकलन गर्नुभएको थियो । उहाँले ९ करोड ८४ लाख ८८ हजार ५०७ रुपैँया राजस्व संकलन गर्नुभएको थियो । तर सशस्त्र प्रहरी उपरिक्षक लोकेन्द्रदेब भट्टले भदौ १३ गते सम्ममा ६ करोड ६ लाख ६३ हजार ३२० रुपैँया राजस्व संकलन भैसकेको छ । अब बाँकी रहेको झण्डै साढे पाँच महिनाको अवधिमा कती राजस्व उठ्छ ? त्यो भने हेर्न बाँकी नै छ ।