बैतडी — परिवारको सहाराका रूपमा भारतको राजधानी दिल्लीमा रोजगारीका लागि गएका बैतडी जिल्लाको सिगास गाउँपालिका –३ कोटिली निवासी ३० वर्षीय दलबीर धामी १० दिनदेखि सम्पर्क बिहीन भएका छन् ।

दलबीर धामी करिब ५ महिना अघि परिवारको आर्थिक जिम्मेवारी बोक्दै दिल्ली पुगेका थिए । केही समयसम्म परिवारसँग नियमित सम्पर्कमा रहे पनि घर फर्कने क्रममा १० दिन देखि अचानक सम्पर्क टुटेको परिवारले जनाएको छ ।

दलबीरका घरमा श्रीमती सहित एक छोरा र एक छोरी रहेका छन् । विगत १० दिनदेखि न त फोन सम्पर्क सम्भव भएको छ, न त उनको अत्तोपत्तोको कुनै खबर आएको छ ।

उहाँका भाइ खगेन्द्र सिंह धामीका अनुसार उनी असोज २३ गते दिल्लीबाट नेपाल फर्किएका रहेका थिए, तर त्यसयता उनीसँग कुनै प्रकारको सम्पर्क हुन सकेको छैन । उनले आफ्ना दाइ दलबीर धामीको खोजीमा सहयोग गरिदिन सबैसँग अनुरोध गर्दै भनेका छन् दाजु दिल्लीबाट फर्कने क्रममा सम्पर्क बिहीन हुनुभएको हो । कृपया जसले देख्नुभयो वा भेट्नुभयो भने तुरुन्त जानकारी गरिदिनुहोला ।

जानकारीका लागि खगेन्द्र सिंह धामीको सम्पर्क मोबाइल नम्बरः ९८६८७३७६९८ मा सम्पर्क गर्न सकिने छ । दलबीर सम्पर्क बिहीन भएको खबरले पूरै गाउँमा निराशा र चिन्ताको वातावरण सृजना गरेको छ । गाउँका बुबाआमा, श्रीमती र बालबालिका दिनरात आशा र प्रतीक्षा गरिरहेका छन् । उनी सुरक्षित अवस्थामा शीघ्र फेला परून भन्ने स्थानीय बासिन्दा र गाउँलेहरूको एकै स्वरमा प्रार्थना रहेको छ ।