कञ्चनपुरको पुनर्वास १० दोदापुल क्षेत्रमा जेन्जि आन्दोलनको क्रममा तोडफोड गरिएका बिजुली बत्तीहरू पुन: लगाइएको छ । पुनर्वास १० मा रहेको ( Bist Boys) बिष्ट ब्वाईज समूहले उक्त बत्तीहरू जडान गरेको स्थानीय चक्र विष्टले बताउनुभयो ।

दोदा पुल पारी नेपाल प्रहरीको प्रहरी बिट रहेको र २४ सै घण्टा ड्युटी खटिने हुँदा हुनसक्ने दुर्घटना जोखिम न्यूनीकरणका लागि बिष्ट ब्वाईज समूहले बत्ती जडान गरेको उहाँले बताउनुभयो। त्यस्तै पुलमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि पुलको दुवै क्षेत्रमा बत्ती जडान गरिएको उहाँले बताउनुभयो ।