कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा रहेको अमर श्रीकृष्ण सामुदायिक वन उपभोक्ता समुहको १० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

समूहले आर्थिक बर्ष २०८१/८२ मा १३ लाख ७६ हजार ७ सय २८ रुपैया बराबरको आयव्यय सार्वजनिक गरेको समूहका अध्यक्ष प्रेम बहादुर बानियाले बताउनुभयो । त्यस्तै आर्थिक वर्ष २०८२/८३ मा समूहले २२ लाख ६६ हजार १ सय ९९ रुपैया बराबरको कारोबार गर्ने अनुमानित लक्ष्य राखेको उहाँले बताउनुभयो ।

समूहका अध्यक्ष प्रेम बहादुर बानियाको सभाध्यक्षमा भएको कार्यक्रममा पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भूलिया कुमारी राना प्रमुख अतिथिमा रहनु भएको थियो । साधारण सभामा बोल्नुहुँदै कार्यक्रमको प्रमुख अतिथि पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भूलिया कुमारी रानाले समूहले एक इट्टा थपे झै गरी आफ्नै भवन बनाएको प्रति खुशी व्यक्त गर्नु भयो ।

उहाले आफू पनि पहिले बनसंरक्षणकर्मी भएको बताउँदै, स्थापनाकालदेखि अमर श्रीकृष्ण सामुदायिक बन संरक्षणका लागि अहोरात्र खटिदै आएका स्थानीय बन उपभोक्ता तथा बन पदाधिकारीको प्रसंसा गर्नुभयो । उहाले सामुदायिक वन मार्फत रोजगारीमा समूहलाई जोड्न सकिने उहाँले बताउनुभयो । उहाले अब बनलाई बहुपयोगि बन विकास  कार्यक्रमको रूपमा लैजानुपर्ने बताउनुभयो ।

कार्यक्रममा समूहका अध्यक्ष प्रेम बहादुर बानियाले समूहको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै छाडा गाईगोरु व्यवस्थापनमा समूहले सहकार्य मार्फत काम गर्ने बताउनुभयो । यस्तै गन्धेझार फडानी, देउराली नाकामा हरेक वर्ष भत्काउँदै आएका तारजाली व्यवस्थापन गर्ने बताउनुभयो । हुर्किदै गरेका बोट विरुवाको टुप्पा काट्दिने समस्याले नया बिरुवा हुर्किन नसकेको प्रति उहाँले दुःख व्यक्त गर्नु भयो ।

यसैबीच, कार्यक्रमका प्रमुख अतिथी पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलीया कुमारी रानाले समूहको नयाँ भवनको समेत उदघाटन गर्नु भयो ।

 

अहिले समूहमा ४ सय ९ घरधुरी सदस्य आवद्ध रहेका छन् । कार्यक्रममा पुनर्वास ११ का जनप्रतिनिधि , अन्य सामुदायीक वनका प्रतिनिधिहरु, वन उपोभोक्ता समूहको सदस्यहरू, पत्रकार स्थानीय लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समूहका लेखा समिति संयोजक कमल भण्डारीले गर्नुभएको थियो।