किशोर तामाङ : कञ्चनपुरको पुनर्वासमा एन्फा यु–१४ अन्तर विद्यालय स्तरीय महिला र पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा को वार्षिक कार्यक्रमअन्तर्गत कञ्चनपुर जिल्ला फुटबल संघले यो प्रतियोगिताको आयोजना गर्न लागेको हो।

कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा कार्तिक ५ गते बसेको बैठकले प्रतियोगिता सञ्चालनका लागि संयोजक, प्रशिक्षक र सदस्य तय गरे अनुसार पुनर्वास नगरपालिका क्षेत्रमा दाउत तामाङको संयोजकत्वमा सदस्य शुक बहादुर तामाङ र प्रशिक्षक हिमाल मल्ल रहेका छन ।

कञ्चनपुर जिल्ला फुटबल संघले प्रथम चरणको जिल्ला स्तरिय एन्फा यू–१४ छात्रा ÷ छात्र अन्तर विद्यालय फुटबल प्रतियोगिता अन्तर्गत पाचओटा क्षेत्रहरुमा पालिका स्तरमा संयोजक तोकिए पश्चात पुनर्वास नगरपालिकामा उक्त खेल ६५ बिगाह स्थित पुनर्वास ३ खेलकुद बिकास समिति ,कालिका युवा क्लब र ।ाम युवा क्लबको खेल मैदानमा हुने एन्फा यु–१४ अन्तर विद्यालय स्तरीय महिला र पुरुष फुटबल प्रतियोगिता पुनर्वासका संयोजक दाउत तामाङले बताउनुभयो । उहाँका अनुसार हाल मैदान सम्म्याउनेदेखि सजाउने काम प्रारम्भ भइसकेको र अन्य प्राविधिक तयारी भईरहेको जानकारी दिनुभयो ।

आयोजकका अनुसार, जिल्लाका पाँच क्षेत्रका लागि छुट्टाछुट्टै संयोजक तोकिएको छ । विद्यालयहरूले आफ्नो पायक पर्ने जुनसुकै क्षेत्रमा टोली दर्ता गर्न सक्ने छन् । तसर्थ पुनर्वास नगरपालिका लगायत छिमेकी पालिकाहरु बेलौरी वडा नं. १ देखी ५ र लालझाडी गाऊपालिका वडा नं. १ र २ मा अवस्थित ईच्छुक बिद्यालयका बिद्यार्थीहरुलाई पनि यस खेलमा सहाभागी गराउन सकिने छ , तर एउटै विद्यालयले दुई क्षेत्रमा टिम दर्ता गराउन नपाउने जनाएकोे छ ।

जिल्ला फुटबल संघका उपाध्यक्ष एवं पुनर्वास संयोजक दाउत तामाङका अनुसार, ग्रासरुट फुटबल विकासका लक्ष्यका साथ एन्फाले विद्यालयस्तरमै प्रतिभा पहिचान र उकास्ने उद्देश्यले यू १४ छात्रा÷छात्र फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको हो । उक्त छनौट प्रतियोगितामा सामुदायिक र संस्थागत दुबै प्रकारका विद्यालयका छात्रा÷छात्र टोलीले सहभागिता जनाउन पाउने छन् । यस प्रतियोगितामा सहभागी विद्यालयका टिमबाट २० जना खेलाडीहरु दर्ता गराउनु पर्ने छ । खेलाडीहरु सम्बन्धित विद्यालयमा यस वर्ष अध्ययनरत हुनु पर्नेछ । यस फारमको अलावा विद्यालयको आधिकारिक पत्रमा सहभागी विद्यालयको नाम, जन्म मिति, कक्षा खेल्ने गरी नामवली सहितको विवरण प्रधानध्यापकको हस्ताक्षर सहितको पत्र अनिवार्य रुपले पेश गर्नु पर्ने छ । खेलाडीको जन्म मिति २०६८ पौष १७ गते (सन् २०१२ जनवरी १ तारिख) वा सो मिति भन्दा पछिको मितिमा जन्मेको हुनु पर्ने जानकारी दिनुभयो ।

फुटबल संघका अनुसार प्रतियोगिताका लागि टिम दर्ता मिति कार्तिक २२ गते बेलुका ५ बजेसम्म खुला रहनेछ भने दर्ता शुल्क २ हजार १ सय रूपैयाँ तोकिएको छ । पाच क्षेत्रबाट छनौट भएका विद्यालय टिमहरूबीचको प्रतिस्पर्धा महेन्द्रनगर स्थित खुलामञ्चमा हुने अयोजकले जनाएको छ ।