कञ्चनपुरको पुनर्वासका एक व्यक्तिले मतदाता परिचयपत्र बनाउन जानका लागि तीन दिनसम्म निःशुल्क अटो सञ्चालन गर्ने भएका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ बस्दै आएका वीरबहादुर बुढाले मतदाता परिचयपत्र बनाउन जानेहरूलाई निःशुल्क अटो व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले पुनर्वास ९ का युवाहरूलाई आग्रह गर्दै कार्तिक २८ २९ र ३० गते मतदाता परिचयपत्र बनाउन जानेहरूलाई निःशुल्क अटो उपलब्ध गराउने बताउनुभयो ।

उहाँले फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा भाग लिनका लागि कोही पनि युवा नछुटुन् र मताधिकारको प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले तीन दिन निःशुल्क सवारी व्यवस्थापन गर्ने बताउनुभयो ।