कञ्चनपुरको पुनर्बास नगरपालिका–८ का दल बहादुर धामीले आफ्नो जन्मदिनको अवसर पारेर जीवन बीमा पोलिसी खरिद गर्नुभएको छ । उहाँले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइबिआरडी शाखा कार्यालयबाट १५ लाख रुपैयाँ बीमाङ्कको शुलभ जीवन बीमा पोलिसी खरिद गर्नुभएको हो ।

पछिल्ला ७ वर्षदेखि सक्रिय रूपमा बीमा अभिकर्ताको रूपमा कार्यरत धामी हाल एजेन्सी म्यानेजर पदमा स्थापित हुन सफल हुनुभएको छ। उहाँले हालसम्म आफ्नो घर–परिवारवसहित करिब ५ सय जनालाई जीवन बीमाको दायरामा ल्याउन सफल हुनुभएको छ ।

आफ्नै जन्मदिनलाई विशेष बनाउँदै सुरक्षित भविष्य र सुरक्षित बचतको उद्देश्यले उहाँले उक्त बीमा पोलिसी खरिद गर्नुभएको हो ।उक्त अवसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आइबिआरडी शाखा प्रमुख शंकर जैशी र प्रदेश प्रमुख चन्द्र बिष्टले संयुक्त रूपमा उहाँलाई बधाई दिँदै बीमालेख हस्तान्तरण गर्नुभएको थियो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालकै अग्रणी जीवन बीमा कम्पनीहरूमध्ये एक हो ।