कञ्चनपुरको पुनर्वासमा अजिङ्गरले एकजनालाई आक्रमण गरेको छ । उखुबारीबाट निस्किँदै गरेको अजिङ्गर देखेपछि उद्धार गर्ने क्रममा अजिङ्गरले एकजनालाई टोकेको छ।

उद्धारको क्रममा स्थानीय ५० वर्षीय सोमबहादुर विकलाई अजिङ्गरले टोकेको हो। उनको दाहिने हातमा अजिङ्गरले टोकेको छ। अहिले उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका लागि पठाइएको स्थानीयले बताएका छन्।

अजिङ्गरलाई कुण्डा सबडिभिजन वन कार्यालय, पुनर्वास ६ का वडा अध्यक्ष, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरी हिमचुली सामुदायिक वन क्षेत्रमा छाडिएको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत दिनेश कुमार यादवले जानकारी दिनुभयो । उक्त अजिङ्गर ७ फिट ४ इन्च लम्बाई मोटाई १२ इन्च तौल ३१ किलोको रहेको उहाँले बताउनुभयो ।