कञ्चनपुरको पुनर्वासमा आइतबार चार बिद्यालयका ५ सय जना बिद्यार्थीहरुलाई एजुकेसन सपोर्ट कार्यक्रम अन्तरगत स्कुल ब्याग स्टेशनरी तथा हाइजनिक किट सहितको शैक्षिक सामाग्री वितरण गरिएको छ । चाईना फाउन्डेसनको आर्थिक सहयोग तथा वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान, कञ्चनपुर)को समन्वयमा सो बिद्यालयमा अध्यनरत प्रारम्भिक बालविकास देखि कक्षा ८ सम्मका बिद्यार्थीहरुलाई उक्त सामाग्रीहरु बितरण गरीएको पेसवान कञ्चनपुरले जनाएको छ ।

आइतबार मात्रै बागीश्वरी माध्यामिक बिद्यालय क गाउँ, श्रीकृष्ण आधारभुत बिद्यालय कंकड, नवदुर्गा आधारभुत बिद्यालय मोतीयाफाँटा, र महाकाली आधारभुत बिद्यालय कोटीहोम घ गाउँमा उक्त सामाग्रीहरु बितरण गरीएको छ ।

उक्त कार्यक्रममा नवदुर्गा आधारभुत बिद्यालय मोतीयाफाँटा पुगेर पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलीया कुमारी रानाले सामुदायीक बिद्यालयमा अध्ययन गर्ने झण्डै ४ हजार बिद्यार्थीहरुलाई स्कुल ब्याग स्टेशनरी तथा हाइजनिक किट सहितको शैक्षिक सामाग्री वितरण गरिरहेको बताउनुभयो । पालिका भित्रको २० बिद्यालयमा शैक्षिक सामाग्री वितरण हुने र सो कार्यका लागी चाईना फाउन्डेसन र पेसवान कञ्चनपुरलाई उहाँले धन्यबाद ज्ञापन गर्नुभयो । अरुले दिएको त हो भन्ने मानशिक्ता नराखी सहि तरीकाले सदुपयोग गर्न गराउन अभिभावकहरुलाई उहाँले आग्रह गर्नुभयो ।

यस्तै महाकाली आधारभुत बिद्यालय कोटीहोम घ गाउँमा पुगेर पुनर्वास ४ का वडाध्यक्ष मनोज सापकोटा (जैशी) ले महाकाली आधारभुत बिद्यालय पुनर्वासकै सबैभन्दा कम बिद्यार्थी भएको बताउदै बिद्यार्थी संख्या बढाउन आफु लागी परेको बताउनुभयो ।

अहिले २५ जना बिद्यार्थी रहेको बताउदै उहाँले थप २५ जना बिद्यार्थी भर्ना गराउन सफल भए बिद्यार्थीहरुलाई निशुल्क डे«स उपलब्ध गराउन पहल गरीरहेको बताउनुभयो । पछिल्लो समय वडा बाट गर्नुपर्ने सबै सहयोग गरीरहेको बताउदै अभिभावकहरुले पनी बिद्यालय प्रती बिस्वास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यस्तै बागीश्वरी माध्यामिक बिद्यालय क गाउँ पुगेर बोल्दै पेसवान कञ्चनपुरका उपाध्यक्ष पशुपती थापाले विद्यालय झोला, खाजा बक्स, पानी बोतल, स्टेशनरी तथा हाइजनिक किट सहितको १८ वटा सामाग्रीहरु सहितको शैक्षिक सामग्रीहरु वितरण गरिएको बताउनुभयो । उहाँले उपलब्ध गराएको शैक्षिक सामाग्रीहरु सहि तरीकाले सदुपयोग गर्न बिद्यार्थीहरुलाई आग्रह समेत गर्नुभयो ।

यस्तै नवदुर्गा आधारभुत बिद्यालयका प्राधानाध्यापक लक्ष्मी ढुङ्गानाले चाईना फाउन्डेसन र पेसवानलाई धन्यबाद ज्ञापन गर्नुभयो । बिद्यार्थीहरुले प्राप्त गरेको उक्त सामाग्रीहरुले बिद्यार्थीलाई मात्रै नभएर बिद्यालयको हितमा रहेको उहाँले बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै महाकाली आधारभुत विद्यालयका प्राधानाध्यापक दिपक प्रसाद पोख्रेलले सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले आगामी दिनहरुमा पनी संस्थाले बिद्यालयलाई सहयोग गर्ने अपेक्षा लिएको बताउनुभयो ।

बागीश्वरी माध्यामिक बिद्यालय क गाउँमा १ सय २९ छात्र र १ सय ७१ छात्रा गरी ३ सय जना, श्रीकृष्ण आधारभुत बिद्यालय कंकडमा ३५ छात्र र ३९ छात्रा गरी ७४ जनाले स्कुल ब्याग स्टेशनरी तथा हाइजनिक किट सहितको शैक्षिक सामाग्री प्राप्त गरेका छन् । यस्तै नवदुर्गा आधारभुत बिद्यालय मोतीयाफाँटामा ४४ छात्र र ५१ छात्रा गरी ९५ जना, र महाकाली आधारभुत बिद्यालय कोटीहोम घ गाउँमा १० छात्र र १५ छात्रा गरी २५ जनाले उक्त सामाग्रीहरु पाएका छन् । झोला सहित आवश्यक सामाग्रीहरु प्राप्त गरेपछी बिद्यार्थीहरु समेत खुशी भएका छन् ।