धनबहादुर बिक : कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का सांसद जनकसिंह धामिसँग स्थानीय क्षेत्रका विविध समस्या, विकास निर्माण तथा समृद्धिका विषयमा छलफल गर्नुका साथै विजयादशमी तथा दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

आईतवार पुनर्वास उधोग बाणिज्य संघ ले संघको सभाहलमा आयोजना गरेको उक्त कार्यक्रममा स्थानीयस्तरमा देखिएका विभिन्न समस्या, विकास निर्माणका आवश्यकता, पूर्वाधार विकास, जनताका आधारभूत आवश्यकता तथा क्षेत्रको समग्र विकास र समृद्धिका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले स्थानीय जनताले भोग्दै आएका समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।


संघका वरिष्ठ उपाध्यक्ष भरतबहादुर बिष्टले अतिथि हरूलाई स्वागत गर्दै पुनर्वास उधोग बाणिज्य संघ ले विगत लामो समयदेखि पुनर्वास का बिबिध समस्या हरू का बिषयमा मुद्दा उठान गर्दै आएको औंल्याउँदै , हामीले उठाउदै आएका मुद्दा हरूलाई यस क्षेत्र बाट निर्वाचित सांसदले पुनर्वास का समस्या समाधान तर्फ लाग्नुपर्ने बिषयमा जोड दिए ।


पुनर्वास नगरपालिका का निवर्तमान नगर प्रमुख जिबनराज थापाले पुनर्वासी जनताले अपेक्षा गरेका धेरै योजना हरू अझै पूरा हुन नसकेको तथा निर्वाचनका बेला जनता संग गरिएका प्रतिबद्धता हरू पूरा गर्न स्थानीय जनप्रतिनिधि तथा निर्वाचित सांसद ले लाग्नुपर्ने बताए । थापाले भर्खरै सम्पन्न भएको बिजयदशमि तथा आउदै गरेको दिपावली छठ पर्वको शुभकामना व्यक्त गरेका थिए ।


पुनर्वास खाद्य सञ्जाल अध्यक्ष कञ्चन गिरिले पुनर्वास का किसानहरू राज्यबाट ठगिदै आएको गुनासो व्यक्त गरे , विशेष गरि पुनर्वास मा सञ्चालित भागेश्वर सुगर मिलको केमिकल बाट सयौं किसानका धानबाली मा प्रत्येक्ष नोक्सानी भएको प्रमाणीत भएको अवस्थामा स्थानीय सरकार , प्रदेश र संघिय सरकार बाट क्षतिपूर्ति उपलब्ध गराउन पटकपटक माग गरिए पनि सरकारले वास्ता नगरिदिदा किसान मर्कामा परेको औंल्याए । उनलेे सिमावर्ति भारतीय खुला सिमा नाकाबाट अखाद्य सामग्री हरू पेय पदार्थ ड्यु , अण्डा , वोईलर , माछा लगायत प्रतिबन्धित अखाद्य वस्तुहरू निर्वाद रूपमा भित्रिदा पुनर्वासी जनताहरूको स्वास्थ्य मा प्रतिकुल असर परिरहे पनि स्थानीय सरकार एबं प्रशासन बाट त्यसको रोकथामका लागि प्रभावकारी पहल नगरिएको गुनासो व्यक्त गरे । जनता संग प्रत्यक्ष सरोकार रहने बिषय निराकरण का लागि जनप्रतिनिधि एबं सम्बन्धित सरोकारवालाले झाला टार्ने कार्य गर्न नहुने कुरामा गिरीले जोड दिए ।


कार्यक्रममा निवर्तमान प्रतिनिधि सभा सदस्य तारालामा
तामाङले आफ्नो क्षेत्रको विकास, समृद्धि र स्थानीय समस्याको समाधानका लागि सबै पक्षबीच सहकार्य, समन्वय र एकता आवश्यक रहेको बताएका छन् । स्थानीयवासीसँगको छलफलका क्रममा उनले क्षेत्रका अधुरा विकास निर्माणका योजना पूरा गर्न, सडक, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ तथा रोजगारीका अवसर विस्तार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए। उनले स्थानीय जनताका आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राख्दै क्षेत्रको दिगो विकासका लागि निरन्तर पहल गर्नुपर्ने धारणा व्यक्त गरे। साथै, जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय अगुवा र नागरिकबीचको सहकार्यले मात्रै विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए।

कार्यक्रममा विजयादशमी तथा दीपावलीको शुभकामना आदानप्रदान गर्दै उनले सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका थिए। नगर प्रमुख तोय प्रसाद शर्माले विकासका लागि सरोकारवाला सबैले साझा मुद्दा बनाएर अघि बढनु पर्ने कुरामा जोड दिए ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपाल ले विजयादशमी, दीपावली एवं छठ पर्वले समाजमा आपसी सद्भाव, एकता, भाइचारा र सहिष्णुता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले स्थानीय सम्भावना र स्रोतसाधनको सदुपयोग गर्दै कला, साहित्य, भाषा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा समेत सबैले ध्यान दिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा विजयादशमी तथा दीपावलीको अवसरमा आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सहिष्णुता कायम राख्दै चाडपर्व मनाउने विषयमा शुभकामना आदानप्रदान गरिएको थियो। सहभागीहरूले चाडपर्वले समाजमा आपसी मेलमिलाप, एकता र सद्भाव अभिवृद्धि गर्न सहयोग पुर्‍याउने कुलपति नेपाल ले विश्वास व्यक्त गरेका थिए।

प्रतिनिधिसभा सदस्य जनकसिंह धामिले आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासका लागि आफू ईमानदार र प्रतिबद्ध रहेको बताए ।
पुनर्वासको प्रमुख समस्या का रूपमा रहेको भुमिहिन , सुकुम्बासीले अब छिटै जग्गाधनी पुर्जा पाउने बताए । सरकारले भुमि सम्बन्धि ऐन पारित गरिसकेकाले अब तिहार लगत्तै सुकुम्बासी लाई जग्गाधनी पुर्जा वितरण गर्न पहल गरिने पनि उनलेे प्रतिबद्धता व्यक्त गरे ।
खुला सिमानाका कारण स्वदेशी सिमा बजार हरू प्रत्येक्ष मारमा परेको ले सिमा विवाद सुल्झाउन दुई देश बिच कुटनैतिक सम्वाद गरिने सांसद धामीले बताए ।

विजयादशमी, दीपावली एवं छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै उनले स्थानीय जनताका आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राखेर विकास निर्माणका कामलाई अगाडि बढिरहेको बताए । स्थानीय समस्या पहिचान गरी समाधानका लागि पहल गर्ने तथा क्षेत्रको विकास र समृद्धिका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा स्थानीय अगुवा, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। उधोग बाणिज्य संघ अध्यक्ष राजकुमार रायमाझी को सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि कञ्चनपुर क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य जनक सिंह धामि रहनुभएको थियो । कार्यक्रम को सञ्चालन बाणिज्य संघ सचिव दाउत तामाङले गरेका थिए ।