सुदूरपश्चिम प्रदेशमा पहिलो पटक मनसुन फोरम २०८२ धनगढीमा सम्पन्न भएको छ । जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाको आयोजनामा र मर्सिकोरको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले कार्यक्रमको उदघाटन गर्दै बिपद्को समयमा हुनसक्ने जोखीम नियन्त्रण र प्रभावकारी उद्धारका लागी सबैपक्ष सजक बन्नुपर्नेमा जोड दिनुभयो । बिपद्को समयमा प्रदेश सरकारको एक मात्रै लक्ष्य भनेको मानविय दुर्घटना हुन नदीने र सम्भावित जेखीम क्षेत्रहरुमा बिशेष फोकस गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद् सम्पर्क व्यक्ति दिपेन्द्र विष्टले विपद् पूर्व तयारी सम्बन्धी कानुन, नीति र मन्त्रालयका कृयाकलापहरूबारे जानकारी दिनुभयो । यता महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख संजय शाहले गत वर्ष मनसुनले पुराएको क्षति र पूर्व तयारीका प्रयासहरूबारे चर्चा गर्नुभएको थियो । स्वास्थ्य, कृषि र पोषण क्लस्टरका प्रमुखहरूले पनि मनसुन अघि गर्नुपर्ने पूर्व तयारीमा आफ्नो मन्त्रालय र शाखाहरूको भूमिका बारे प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरूले मनसुन पूर्व समन्वय र सहकार्य बढाउनु पर्नेमा जोड दिएका छन् । उनिहरुले विपद् जोखिम व्यवस्थापनका लागि बजेट र स्रोत साधन थप गर्नुका साथै विपद् सम्बन्धी नीति तथा योजना व्यवहारमा प्रभावकारी रूपमा लागु गर्नुपर्नेमा जोड दिएका छन् । विपद् बेला पहिलो प्रतिक्रिया दिने प्रहरी र सेनालाई पर्याप्त स्रोत साधन र उपकरणले बलियो बनाउनुपर्नेमा समेत जोड दिइयो ।

कार्यक्रममा जल तथा मौसम विज्ञान विभागका प्रवक्ता एबम सिनियर डिभिजनल मेट्रोलोजिष्ट विभुती पोखरेलले यस बर्षको मनसुनको सुदुरपस्चिम प्रदेश स्तरीय मनसुन रितुगत आंकलन सम्बन्धी प्रस्तुति गर्नुभएको थियो । कार्यक्रमको मुख्य उद्देश्य २०८२ सालको मनसुन अवधिभरि वर्षा र त्यसले निम्ताउन सक्ने सम्भावित विपद् जोखिमबारे जानकारी आदानप्रदान गर्नु र मनसुन पूर्व विपद् तयारी कार्यलाई अझ प्रभावकारी बनाउनु रहेको उहाँले बताउनुभयो ।

मनसुन पूर्व विपद् तयारीका लागि सम्बन्धित मन्त्रालयहरू, क्लस्टरहरू, सुरक्षा निकायहरू र स्थानिय तहबीच समन्वय र सहकार्य बढाउन जोड दिइएको छ । साथै विपद् जोखिम व्यवस्थापनका लागि बजेट वृद्धि र स्रोत साधनहरूको सुनिश्चितता गर्नु, विपद् व्यवस्थापन सम्बन्धी कानुन, नीति र योजना प्रभावकारी रूपमा लागू गर्न आवश्यक कदम चाल्नुपर्ने बिषयमा समेत छलफल भएको थियो ।  कार्यक्रममा अध्यक्षता जल तथा मौसम विज्ञान विभाग कोहलपुर क्षेत्रीय कार्यालयका प्रमुख सिनियर डिभिजनल हाईड्रोलोजिष्ट राम प्रसाद अवस्थीले गर्नुभएको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीको प्रमुख आतिथ्यता रहेको थियो । साथै आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव विरेन्द्र कुमार मिश्र, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख प्रकाश मल्ल लगायत विभिन्न सरकारी र गैरसरकारी कार्यालयका करिब ६० जनाको उपस्थित रहेको थियो । महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख संजय शाहले कार्यक्रम संचालन गर्नुभएको थियो भने