कञ्चनपुरको पुनर्वास नगरपालिकाले आफ्नो विशेषता झल्किने प्रतीक चिन्ह (लोगो) निर्माणका लागि सूचना जारी गरेको छ। कार्यपालिकाको बैठकको निर्णय अनुसार नगरको सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक पक्षलाई प्रतिनिधित्व गर्ने प्रतीक चिन्ह (लोगो) निर्माण गर्न आवश्यक भएको पुनर्वास नगरपालिकाले जनाएको छ।

प्रतीक चिन्ह (लोगो) डिजाइन गर्न इच्छुक व्यक्तिहरूलाई जेठ २५ गतेभित्र आफुले तयार पारेको प्रतीक चिन्ह (लोगो) नगरपालिकाको कार्यालयमा पेश गर्न सूचना मार्फत आग्रह गरिएको पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद रिजालले  बताउनुभयो । प्रतीक चिन्ह (लोगो) पेश गर्ने व्यक्तिले प्रत्यक्ष रूपमा नगर पालिकाको कार्यालयमा सम्पर्क गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

नगरपालिकामा पेस भएका उत्कृष्ट प्रतीक चिन्ह (लोगो) चयन गर्नुका साथै  उत्कृष्ट प्रतीक चिन्ह (लोगो) बनाउनेलाई बीस हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने पुनर्वासका प्रमुख प्रशासकीय अधिकृत रिजालले बताउनुभयो । प्रतीक चिन्ह (लोगो) ले पुनर्वास नगरको समग्र पहिचान र समृद्धिलाई प्रतिनिधित्व गर्ने विश्वास लिएको छ ।