धनबहादुर बिक : सुदूरपश्चिम को मुटु को रूपमा चिरपरिचित शहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान विश्वविद्यालय मा बृहत सरसफाइ गरिएको छ । मंगलबार गोदावरी नगरपालिकाले उक्त सरसफाइ अभियान कार्यक्रम को आयोजना गरेको थियो भने नगरपालिकाले आयोजना गरेको वृहत सरसफाइ अभियान लाई सफल पार्न सन्त निरंकारी मण्डल कैलाली कञ्चनपुर का भक्तजन सेवादल जवान तथा रेडक्रस कर्मि लगायतले साथ दिएका थिए ।

सन्त निरंकारी मण्डल कैलाली कञ्चनपुर अन्तर्गत धनगढी शाखा , अत्तरिया , ओलानी , मसुरिया तथा पुनर्वास शाखा का करिब २०० बढि सेवादल जवान हरू स्वस्फूर्तरूपमा सहभागी भई सरसफाइ मा जुटेका हुन । प्रदुषण बाहिर होस वा भित्र – सन्त निरंकारी मण्डल को मुल नारा मा समर्पित भई नगरपालिका को आव्हान मा स्वस्फूर्तरूपमा सरसफाइमा जुटेको सन्त निरंकारी मण्डल अत्तरिया का सेवादल सञ्चालक करण सिंह वड ले जानकारी दिनुभयो ।

सरसफाइ मा सक्रिय हुँदै सेवादल जवान सरस्वती बिक ले भनिन हामीलाई कुनै लोभ लालच छैन ,गुरूको आदेशअनुसार जुनसुकै सेवा गर्न हामी सेवादल जवान हरू सदैव तत्पर रहन्छौ । सार्वजनिक स्थल पाटि पौवा , अस्पताल क्षेत्रमा सरसफाइ गर्न पाउँदा हामीलाई आनन्द आउँछ उनले भनिन । सन्त निरंकारी मण्डल का सेवादल जवान हरूले विगतका बर्ष हरूमा पनि धनगढीमा रहेको शिवपुरि धाम परिसर क्षेत्र , कैलालीको सवदाह गृह , विभिन्न अस्पताल , नगरपालिका परिसर मा सरसफाइ अभियान गर्दै आएका छन । सरसफाइ पश्च्यात सवादल जवानहरूले सामुहिक लंगर समेत गरेका थिए ।

सहिद दसरथचन्द स्वास्थ्य बिज्ञान विश्वविद्यालय को सम्पूर्ण भौतिक संरचना निर्माण पछि तत्कालीन अवस्था देखि बिधिवत रूपमा सञ्चालनमा नआएको र सरसफाइ समेत हुन नसक्दा गेटा मेडिकल कलेज को रूपमा चिनिने सो विश्वविद्यालय परिसर झाडी जंगलमा परिणत हुन गएको परिदृष्यलाई मध्येनजर गरि सरसफाइ अभियान कार्यक्रम सुरु गरिएको गोदावारी नगरपालिका मेयर बिक्रम भट्टले बताउनुभयो ।

सरसफाइ अभियान पछि जंगलमा परिणत भएको मेडिकल कलेज परिसर सफा देखिएको एक स्थानीयले बताए । सरसफाइ अभियानमा नेपाल रेडक्रस सोसाइटी अत्तरिया शाखा , विभिन्न बिद्यालय का शिक्षकशिक्षिका तथा बिध्यार्थि हरू , नगरपालिका का सम्पुर्ण कर्मचारी समेत गरि करिब ५०० जनाको सहभागीता रहेको थियो । सरसफाइ संगै विभिन्न जातका बृक्षारोपण समेत गरिएको छ ।