कञ्चनपुरको पुनर्वासमा अपाङ्गता भएका ब्यक्तिहरुलाई आवश्यक सहायक सामाग्रीहरु हस्तानान्तरण गरीएको छ । मंशिर १३ गते गरीएको शिबिरबाट छानिएका (कानमा समस्या भएका ब्यक्तिहरु) मध्ये बाट हाललाई ४ जनालाई सुन्न सक्ने मेशीन बितरण गरीएको छ ।
एन.एन.एस.डब्लु.ए., इम्प्याक्ट नेपाल, मर्शिकोर नेपालको एमरेड परियोजना र पुनर्वास नगरपालिकाको समन्वयमा मंशिर १३ गते अपाङ्गता पहिचान शिविर गरीएको थियो । सो शिविरबाट कानमा समस्या भएका ब्यक्तिहरुको पहिचान समेत गरीएको थियो । जसअन्तरगत केहीको अप्रेशन गर्नुपर्ने र केहीको कानको नशामा समस्या देखीएको र केहीको मेशीन मार्फत सुन्न मिल्ने भएकाले उनिहरुमध्येबाट ४ जनालाई सहायक सामाग्री बितरण गरीएको मर्शिकोरमा कार्यरत कर्मचारी संगिता अधिकारीले बताउनुभयो ।

पहिलो चरणमा ४ जनालाई बितरण गरीएको भएपनी बिभिन्न संघसंस्थाको समन्वयमा दोस्रो चरणको काम अघि बढाइने पुनर्वास नगरपालिकाले जनाएको छ । अपाङ्गता भएका ब्यक्तिहरुका लागी अन्य कार्यक्रमहरु छिट्टै सञ्चालन गरीने पुनर्वास नगरपालिकाको महिला,बालबालीका तथा जेष्ठ नागरीक शाखाको सहायक महिला विकास निरिक्षक पार्वती भट्टले जनाकारी दिनुभयो छ ।