कञ्चनपुरको पुनर्वासमा सोमबार बाट कक्षा आठको आधारभुत तह उत्तिण परिक्षा शूरु भएको छ । सोमबार पहिलो दिन अंग्रेजी बिषयको परिक्षा भएको पुनर्वासको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शिबराज भट्टले जानकारी दिनुभयो । उहाँले पहिलो दिन भएको अंग्रेजी बिषयको परिक्षामा पालिका भित्र सात जना अनुपस्थित भएकोे बताउनुभयो । पालिका भरी आधारभुत तह उत्तिण कक्षा आठको परिक्षामा १ हजार २ सय ७३ बिद्यार्थीले फारम भरेका थिए । जसमध्ये सोमबार भएको पहिलो दिनको परिक्षामा १ हजार २ सय ६६ परिक्षार्थी बिद्यार्थी सहभागी भएको उहाँले जानकारी दिनुभयो

यस्तै फाल्गुन २७ गते मंगलबार नेपाली र २८ गते बुधबार सामाजीक अध्ययन तथा मानब मुल्य शिक्षा बिषयको परिक्षा हुने शाखाका प्रमुख भट्टले बताउनुभयो । फाल्गुन २९ र चैत्र १ गते होली पर्ब परेको र चैत्र २ गते शनिबार परेकाले बिचमा ३ दिन बिदा छ । यस्तै परिक्षा चैत्र ३ गते आइतबार बाट निरन्तर चल्ने छ । चैत्र ३ गते आइतबार गणीत र चैत्र ४ गते सोमबार बिज्ञान तथा प्रविधि बिषयको परिक्षा हुने शाखाका प्रमुख भट्टले बताउनुभयो ।
यस्तै चैत्र ५ गते मंगलबार स्बास्थ्य शारिरिक तथा सिर्जनात्मक कला र चैत्र ६ गते बुधबार अन्तिममा हाम्रो पुनर्वास बिषयको परिक्षा हुनेछ । कक्षा आठको आधारभुत तह उत्तिण परिक्षा सञ्चालनका लागी यस वर्ष ९ वटा विद्यालयहरुलाई परीक्षा केन्द्र बनाइएको छ ।