बेलौरी नगरपालिका वडा नं. ७ भगतपुरमा एकदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। वडा कार्यालयको आयोजनामा आगामी चैत्र २३ गते शनिबार बिहान ९ बजेदेखि शिविर सञ्चालन गरिने वडाले जानकारी दिएको छ।

स्वास्थ्य शिविरमा विभिन्न अस्पतालमा कार्यरत पाँच जना विशेषज्ञ चिकित्सकहरूद्वारा सेवा प्रदान गरिनेछ। शिविरमा रगत रोग, हाडजोर्नी, नसा, नाक–कान–घाँटी, पेटको समस्या, फिजिकल समस्या आदिको परीक्षण तथा परामर्श सेवा दिइनेछ।

शिविरमा सेवा दिने चिकित्सकहरूमा डा. जगदिश चन्द्र बिष्ट (रगत रोग विशेषज्ञ), डा. मोहन नाथ (हाडजोर्नी तथा नसा रोग विशेषज्ञ), डा. शंकर अधिकारी (जनरल ल्याप्रास्कोपिक सर्जन), डा. सुमन चौधरी (जनरल फिजिसियन) र डा. ज्योती पाण्डे (नाक, कान तथा घाँटी रोग विशेषज्ञ) रहेका छन्। वडाले दिएको जानकारीअनुसार शिविरमा भिडियो X-Ray, X-Ray तथा पिसाब परीक्षणको सुविधा पनि उपलब्ध गराइनेछ।

शिविर वडा कार्यालयको प्राङ्गणमै सञ्चालन गरिनेछ। वडाध्यक्ष प्रकाश श्रेष्ठले स्वास्थ्य सेवा घरदैलोमै पुर्याउने उद्देश्यका साथ शिविरको आयोजना गरिएको बताएका छन्। वडावासीहरूलाई समयमै उपस्थित भई शिविरको सेवा लिन वडा कार्यालयले आग्रह गरेको छ।

साभार : कञ्चन आवाज डटकम