जीवन रक्षा लागि पूर्व प्रतिकार्य परियोजना : Protecting Lives and Assets from Floods in Terai अन्तर्गत कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकामा बाढी तथा प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण तथा तयारीका लागि विभिन्न सामग्रीहरू हस्तान्तरण गरिएको छ।

स्थानीय आपतकालीन संचालन केन्द्रमार्फत हस्तान्तरण गरिएको सामग्रीहरूमा जीवन रक्षक ज्याकेट, सिडी, टर्च लाइट, स्टेचर, हेडलाइट, घण्टी, सावल, फसटा, गमबुट, सेफ्टी हेल्मेट, रबर ट्युब , हाँडी माइक, डोरी, र प्राथमिक उपचार बक्स समावेश रहेको परियोजनाका प्रमुख बिनोद कडाराले जानकारी दिनुभयो ।

जसमा लाइफ ज्याकेट १२ सेट, सिडी ६ पिस, टर्च लाइट ६ सेट, स्टेचर ३ सेट, हेडलाइट ५ सेट, घन्टी ४ सेट, सावल ३ सेट, फरुवा ६ सेट , गमबुट ६ सेट, सेफ्टी हेल्मेट६ सेट , रबर ट्युब ४ सेट, हाते माइक २ सेट, डोरी १० मिटरका दरले ४ सेट र प्राथमिक उपचार बक्स १ सेट हस्तान्तरण गरिएको परियोजना प्रमुख कडराले बताउनुभयो।

हस्तान्तरण गरिएको सामग्री बुझ्दै पुनर्वास नगरपालिकाको उपप्रमुख भुलिया कुमारी रानाले परियोजनालाई धन्यवाद व्यक्त गर्नुभयो । विपद्को समयमा आवश्यक पर्ने सामग्रीहरू अत्यावश्यक रहेको बताउँदै यसले विपद्को समयमा धेरै नै सहयोग पुग्ने बताउनुभयो ।


उक्त कार्यक्रम UKaid, RAIN, START FUND, NEEDS Nepal, र CRS को सहकार्यमा सञ्चालन गरिएको हो।  यस किसिमका पहलहरूले बाढी जोखिमयुक्त क्षेत्रहरूमा प्रभावकारी पूर्वतयारी तथा आपतकालीन प्रतिक्रिया क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।