काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (आज) सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने हुनुभएको छ । उहाँले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने हुनुभएको हो । प्रदेश भित्रका गतिबिधि, कामकार्बाही, बेतिथी लगायतका बिषयमा छलफल हुने प्रधानमन्त्रिको सचिवालयले जनाएपनी बाँकी बिषयमा जानकारी दिएको छैन् ।