यतिबेला देशब्यापी रुपमा “लाज शरणम्” फिल्म चलीरहेको छ । “लाज शरणम्” फिल्मका कलाकारहरुलाई फिल्मको प्रचारप्रसार गर्न भ्याइनभ्याइ भएको छ । उनिहरु देशदौडाहा ब्यस्त भएका छन् । यसैक्रममा फिल्मको प्रचारप्रसार गर्न “लाज शरणम्” का कलाकार अर्जुन घिमिरे (पाँडे) र गजित बिष्ट (जेठान साब) धनगढी पुगेका छन् ।


यसैक्रममा शनिबार फिल्म हेर्न धनगढी स्थित एसटिएस सिनेमा पुगेका दर्शकहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । फिल्मको कथाबस्तुले देशको अहिले अवस्था चित्रण गर्नुका साथै कर्णलीको वास्तबिक्ताले सबैको मन खिचेको दर्शकहरु बताउछन् । यता धनगढी पुगेका फिल्मका कलाकार अर्जुन घिमिरे (पाँडे) ले कर्णालीमा आम नागरिकले भोगिरहेको पिडा र उनीहरूको जीवनसँग खेलबाड गर्ने मथिल्लो शाषक वर्गको कथामा फिल्म बनेको बताउनभयो । उहाँले सम्पुर्ण दर्शकहरुलाई एकपटक हलमा पुगेर फिल्म हेर्न समेत आग्रह गर्नूभयो ।


कुमार कट्टेल (जिग्री) लेखक तथा निर्देशक रहेको फिल्ममा अर्जुनको अलवा सिताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणू योगी, कमलमणि नेपाल, माला लिम्बू, सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी) लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्मका नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । फिल्म फाल्गुन १४ गते (शिबरात्रि) देखी प्रदर्शनमा आएको हो ।