दिर्घराज ओझा : कञ्चनपुरको पुनर्वासमा ११५ औं अन्तराष्टिय नारी दिवस विशेष कार्यक्रमका साथ मनाइने भएको छ। यस बर्ष फागुन २४ गते शनिबार नारी दिवश परेको छ । सो दिन पुनर्वास नगरपालिकाको आयोजनामा महिलाहरूका लागि निःशुल्क पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर परीक्षण शिविर समेत सञ्चालन गरीने कार्यक्रमका ब्यवस्थापक मिरा चन्दले बताउनुभयो ।
कार्यक्रमको ब्यवस्थापक चन्दका अनुसार शनिबार बिहान ११ बजे बाट शिबिर संगै अन्य कार्यक्रमहरु गरीने उहाँले बताउनुभयो । कार्यक्रममा महिला सशक्तिकरणका विविध विषयमा छलफल गरिनुका साथै विभिन्न नृत्य, लोक देउडा, राना थारु नाच , तामाङ सेलो लगायतका प्रस्तुतीहरु रहने उहाँले जानकारी दिनुभयो । कार्यक्रमा सबैलाई उपस्थित भई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो।