कञ्चनपुरको पुनर्वासमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सम्पन्न भएको छ । पुनर्वास नगरपालिका, विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल र पुनस्र्थपन केन्द्र (HRDC) बनेपा काभ्रेपलाञ्चोक संगको संयुक्त आयोजनामा घुम्ती शिविर सम्पन्न भएको हो । शिबिरमा ६१ जना शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुले सेवा लीएका छन् । जसमध्ये ६१ जनालाई नै फिजियोथेरापीको सिकाइसंगै आवश्यक औषधीहरु बितरण गरीएको HRDC बनेपाका सुपरभाइजर टिका बहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।


सेवा लीएका ६१ जनामध्ये २ जनालाई ह्वील चियर, १ जनालाई क्यान स्टिक, १ जनालाई वाकर बितरण गरीएको थियो । त्यस्तै १ जनालाई स्प्लीन्ट (हात खुट्टाको साहायक सामाग्री) ८ जनालाई आवश्यक अर्थोपेडीक सहायक सामाग्री र २ जनालाई डे«सिङ्ग समेत गरीएको थियो । यस्तै सेवा लिएकाहरु मध्येबाट ७ जनालाई पुनस्र्थापन केन्द्र (HRDC) बनेपा काभ्रेपलाञ्चोक नै लगेर उपचार गर्नुपर्ने देखीएको ज्च्म्ऋ बनेपाका सुपरभाइजर बिश्वकर्माले जानकारी दिनुभयो । उनिहरुको शल्यक्रियामा लाग्ने खर्च पालिका र ज्च्म्ऋ ले बेहोर्ने उहाँले   बताउनुभयो ।


यता पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले शिबिर सञ्चालन गर्न सहयोग गर्ने सम्पुर्ण सहयोगी संस्थाहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो । शारीरिक अपाङ्गता परीक्षणका लागी नागरीकको सहभागीता देखेर उहाँले अपाङ्गता भएका ब्यक्तिहरुको उपचारका लागी कुनै कसर बाँकी नराख्न शाखाहरुलाई निर्देशन समेत दिनुभयो । शिबिर बाट नागरीकले फाइदा लिएको बताउदै आगामी बर्षहरुमा समेत यस्ताखालका शिबिर सञ्चालन गरीने उहाँले बताउनुभयो ।


यस्तै शिबिरमा बोल्दै HRDC बनेपाका सुपरभाइजर टिका बहादुर बिश्वकर्माले शिबिरमा जन्मजात खुट्टाको पैतला भित्र फर्केको (क्लब फुट), आगोले पोलेको अङ्गहरु एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा नजोडिएको खुट्टा लुलो र कमजोर भएको लगायतको उपचार गरीने बताउनुभयो । यस्तै ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरु र घुँडाको पाँङग्रो खुस्किएको, जोर्नीहरु दुख्ने र सुन्निने समस्या भएकाहरुले शिविरमा उपचार गरीरहेको बताउनुभयो । यस्तै शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर शुक्रबार अर्थात भोली कैलालीको लम्की चुहामा पनी हुन गैरहेको छ ।