कञ्चनपुरको पुनर्वास नगरपालिकामा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तर्जुमाको परिकल्पना कार्यशाला गोष्ठी सम्पन्न भएको छ । पालिकाको आयोजना र इएफआई नेपालको प्राबिधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाको नगर उप प्रमुख भुलीया कुमारी रानाले खानेपानी, सरसफाइ तथा स्वच्छताको लक्ष्य पुरा गर्ने उद्धेश्यका साथ आजको परिकल्पना कार्यशालामा नक्सा बनाउने काम सूरु भएको बताउनुभयो । नागरीकको पहुचमा खानेपानी छ छैन्, सरसफाईको अवस्था कस्तो छ ? र सरकारको लक्ष्य अनुरुप पालिकाको समग्र योजना निर्माणका लागी कार्यशालाले महत्वपुर्ण भुमीका खेलेको उहाँले बताउनुभयो ।


यस्तै कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाको वास (ध्ब्क्ज्) फोकल पर्सन ओमनाथ ढकालले सरकारको लक्ष्य अनुसार सन् २०३० सम्ममा सम्पुर्ण नागरीकलाई स्वच्छ खानेपानी, सरसफाईको पहुचमा पुराउने उद्धेशयका साथ देशभरका पालिकाहरु यतिबेला वास प्लान बनाउन लागी रहेको बताउनुभयो ।

सरकारको लक्ष्य पुरा गर्न अहिले हरेक वडामा गडकहरु छनौट भएर काम सुरु गरीसकेको उहाँले बताउनुभयो । वास प्लान निर्माणका लागी प्रत्येक वडाका दश प्रतिशत घरधुरीहरुको सर्वे छिट्टै नै सुरु हुने बताउदै उनिहरुलाई सहयोग गरी आवश्यक डाटा उपलब्ध गराइदिन पालिका बासीहरुलाई आग्रह गर्नूभयो ।कार्यक्रममा जनप्रतिनिधिहरु, सम्पुर्ण शाखाका कर्मचारीहरु, गडकहरु, स्थानीय, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।