कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तारालामा तामाङले स्वास्थ्य बिमा प्रभावकारी ढङ्गले सञ्चालन गरिनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै सांसद तामाङले सरकार भएको प्रत्याभूति हुने गरी नागरिकले स्वास्थ्य सुविधा पाउनुपर्ने बताउनु भएको   हो । पैसाको अभावले नागरिकले स्वास्थ्य समस्याबाट ज्यान जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा सांसद तामाङले जोड दिनुभयो । स्वास्थ्य बिमा सबै नागरिकले सुलभ रूपमा पाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

तर, खुला सिमानाका कारण अखाद्य वस्तुको आयात अत्यधिक हुने गरेकाले यसको रोकथाम गरिनुपर्ने सांसद तामाङले माग गर्नुभयो ।बोइलर कुखुरा लगायत अखाद्य वस्तुहरू नाका भएर भित्र्याईने गरेको र जसले नेपालीको स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको उहाँले गुण्स्तर हिन अखध्य खाने कुरा र खाना नै नहुने ब्रोईलर भारतबाट चोरी चोरी आई रहेकोले रोक्नु पर्ने अवाज उठाउनु भो भयो । यस्तो अवस्थामा स्वास्थ्य बिमा पुर्णरुपमा पालना गर्नुपर्ने माग गर्नुभएको छ ।