भदौ १० गते रसुवामा आएको प्राकृतिक विपत्तिका कारण बाढी तथा पहिरोमा परी ज्यान गुमाएका परिवार प्रति कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड परासनले गहिरो समवेदना व्यक्त गर्दै विपद् प्रभावितका लागि सहयोग गरेको छ ।

प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको पीडामा साथ दिने उद्देश्यले सहकारीले ५० हजार रुपैयाँ सहयोग गरेको हो । सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सहकारीको व्यवस्थापक अमृता सुवेदीले जानकारी दिनुभयो । सहकारीले बेपत्ता भएकाहरूको सकुशल उद्धार तथा प्रभावित नागरिकको जीवनमा छिट्टै सामान्य अवस्था फर्कियोस् भन्ने कामना समेत गरेको छ ।

सहकारीले विपद्को यस दुःखद् घडीमा सबैलाई एकजुट भई प्रभावित परिवारको सहयोगमा जुट्न समेत आग्रह गरेको सहकारीको अध्यक्ष धर्मकला पौडेलले जानकारी दिनुभयो  । साथै, बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको उहाँले बताउनुभयो ।