भारतको लखीमपुर जिल्लाको गौरीफण्टामा इण्डो–नेपाल कार्यशाला सम्पन्न भएको छ । जंगली बन्यजन्तुहरुको अवैध चोरी शिकारी, ब्यापार तथा बन्यजन्तुको सुरक्षाका लागी पहल चाल्न कार्यशाला गरीएको दुधवा राष्ट्रिय निकुञ्ज गौरीफण्टा रेन्जले जनाएको छ । दुधवा राष्ट्रिय निकुञ्ज संग सिमा जोडीएको कैलाली कञ्चनपुर क्षेत्रमा भइरहेको जंगली बन्यजन्तुहरुको ओहोरदोहोर, त्यसले निम्ताउन सक्ने खतरा, ति जोखीम बाट बच्न अपनाउने उपायहरुका बारेमा कार्यशालामा छलफल भएको थियो । यस्तै पछिल्लो समय बढ्दै गएको मानब वन्यजन्तु बिचको दोन्द्ध र त्यसतर्फ गर्नुपर्ने कामहरुका बारेमा समेत चर्चा गरीएको थियो ।

कार्यशालामा बोल्दै कुण्डा सब डिभिजन वन कार्यालय पचकडियाका प्रमुख वन अधिकृत दिनेश कुमार यादबले जनावरको ओहोरदोहर प्रकृया स्वभाविक भएको बताउनुभयो । बर्षातको समयमा दुधवा राष्ट्रिय निकुञ्ज बाट लालझाडी वन क्षेत्र हुदै चुरेसम्म पुग्ने र हिउदमा चुरे देखी दुधवा राष्ट्रिय निकुञ्ज सम्म पुग्ने गरेको उहाँ बताउनुहुन्छ । तर यसबर्ष जंगली हात्तिहरुको बथान लालझाडी जंगलमा धेरै समय बसको बताउदै त्यसको अध्ययन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । बन्यजन्तुको शिकारी तथा तस्करी, काठ दाउरा तस्करीका विषयमा दुबै देशका बनकर्मीहरुले सुचना आदानप्रदान गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

यस्तै कार्यशालामा बोल्दै शुक्लाफाँटा मध्यवर्ती क्षेत्र परिषदका अध्यक्ष लवदेब बिष्टले बन्यजन्तु संरक्षण तथा मानब वन्यजन्तु बिचको दोन्द्ध कम गर्न एकतर्फी रुपमा मात्रै सम्भव नभएको बताउदै दुइटै देशले सोच्न आवश्यक रहेको बताउनुभयो । केही नितिगत समस्याहरु भएपनी सो सम्वन्धमा माथिल्लो निकायबाट नै पहल चाल्नुपर्नेमा उहाँले आफ्नो धारण ब्यक्त गर्नुभयो । पछिल्लो समय मानब वन्यजन्तु बिचको दोन्द्धले मानबको मात्रै नभई बन्यजन्तुहरुको पनी मृत्युदर बढ्दै गएको उहाँले बताउनुभयो । दुधवा र शुक्लाफाँटा बिच समन्वयमा समेत कमी भएको बताउदै त्यसतर्फ सुधार गर्नुपर्नेमा सुझाब ब्यक्त गर्नुभयो ।

यस्तै कार्यशालामा बोल्दै धनगढी–३ का वडाध्यक्ष राज बहादुर ऐरले दुई देशका सम्पुर्ण प्रतिनिधिहरु एक भएर लागे मात्रै कार्यशालाको उद्देश्य प्राप्ती हुने बताउनुभयो । सरकारको निति अनुरुप कहिले बाघको संख्या बढाउने छ, कहिले गैडाको संख्या बढाउने भनीएको छ । तर उनिहरुको बासस्थान अनुसार सो क्षेत्र कति पुग अपुग छ भन्ने बिषयमा अध्ययन नभएको प्रति उहाँले चिन्ता ब्यक्त गर्नूभयो । बाघ हात्ति गैडा लगायतका बन्यजन्तुहरुको एकिन तथ्याङ्क संकलन नहुदा पनी यस्तो अवस्था सिर्जना भएको बताउदै सो तर्फ सरकारका ध्यानाकर्षण हुन जरुरी रहेको उहाँको तर्क छ । जंगली जनावरहरुको लागी दुधवा राष्ट्रिय निकुञ्ज बाट लालझाडी वन क्षेत्र, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज हुदै चुरेसम्म पुग्ने करीडोर आवश्यक भएको उहाँले बताउनुभयो ।

कार्यशालामा बोल्दै शुक्लाफाटा राष्ट्रिय निकुञ्जका प्रमुख मनोज शाहले पछिल्लो समय जंगली जनावर बढ्दै गएको र त्यसै हिसाबले दोन्द्ध समेत बढ्दै गएको बताउनुभयो । यस्तै दुबै देशका वनकर्मी, प्रतिनिधिहरुको एउटा ग्रुप बनाएर दुबै देशमा भएका नयाँ काम तथा आइडियाहरु शेयर गर्न आवश्यक रहेको बताउनुभयो । भारत नेपालमा बन्यजन्तुको संख्या र अवस्था बारे पुनः जोइन्ट रुपमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यता डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरले जंगली जनावरलाई जंगल भित्र नै उनिहरुलाई पुग्ने खानाको ब्यवस्थापन गर्न तर्फ जोड दिनुपर्ने तर्क ब्यक्त गर्नुभयो । पछिल्लो समयमा तराई क्षेत्रमा बढेको बसाइसराइ, बिकास निर्माण लगायतको कारणले पनी जनावरहरुलाई खुल्ला रुपमा आवतजावत गर्न समस्या भएको बताउनुभयो । त्यसैले अहिले बन्यजन्तुको संरक्षणमा काम गर्नेहरुलाई चुनौती थपीएको उहाँ बताउनुहुन्छ । भबिष्यमा आउन सक्ने चुनौती बारे अहिले बाट नै प्लानिङ सहित काम गर्न आवश्यक रहेको उहाँको तर्क छ ।

यस्तै डिभिजन वन कार्यालय कैलालीका प्रमुख कृष्ण भट्टले वन र बन्यजन्तु सम्वन्धि कानुनी प्राबधानका बिषयमा समुदाय स्तरबाट नै सिकाउन जरुरी रहेको बताउनुभयो । मानब वन्यजन्तु बिचको दोन्द्ध न्युनिकरणका लागी समुह निर्माण, स्टक होल्डर, सरकारी निकायको संयुक्त पहल र काम गर्न आवश्यक रहेको बताउनुभयो । पेट्रोलिङ, सुचना आदानप्रदानका कामहरु लाई बढुवा दिनुपर्नेमा उहाँले जोड दिनुभयो । दुधवा राष्ट्रिय निकुञ्ज गौरीफण्टाका प्रमुख वन संरक्षकले वनको संरक्षणमा बृद्धी भएसंगै दैनिक विभिन्न चुनौतीहरु सामना गर्नुपरेको बताउनुभयो । भबिष्यमा आउन सक्ने चुनौती समाधानका लागी अहिले काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । दुधवा राष्ट्रिय निकुञ्जमा १० वटा जती गैडा छोड्ने तयारी भएको बताउदै सिमावर्ती क्षेत्रका बनकर्मीहरुले सहयोग गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेपाल भारतका वनकर्मी, राष्ट्रिय निकुञ्जका प्रतिनिधि, नेपाल प्रहरी सशस्त्र प्रहरी, भारतीय प्रहरी, एसएसबि, स्थानीय पत्रकारहरुको सहभागीतामा उक्त कार्यशाला भएको हो ।