“सिप सिकौँ आत्मनिर्भर बनौँ” भन्ने मुल नाराका साथ पुनर्वास–११ भिमवस्तीमा ब्यवसायिक दुना टपरी सिप बिकास तालिम सुरु गरीएको छ । गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तरगत पुनर्वासको उद्यम बिकास शाखाको आयोजनामा दुना टपरी बनाउने तालिम सुरु भएको हो ।

पुनर्वास–११ को महिला समुहलाई सो तालीम दिन लागीएको उधम बिकास शाखा पुनर्वासको प्रमुख बिमला चौधरीले बताउनुभयो । पछिल्लो समय सालको पात बाट तयार गरीएको दुना टपरीकोे माग बढ्दै गएको र पलास्टिक जन्य बस्तुहरुको प्रयोगमा कमी गर्ने गराउने उद्देश्यका साथ यो तालिम अझै उपयोगी हुने उहाले बताउनुभयो । दुना टपरी बनाउने तालीममा सहभागीहरुले आफुहरुले फुर्सदको समय सदुपयोग गर्दै सिपयुक्त बन्न पाइने भन्दै खुशी ब्यक्त गर्नूभयो ।

१० दिन सम्म चल्ने उक्त तालीमको बिहिवार एक कार्यक्रमका बिच उदघाटन गरीएको छ । पछिल्लो समय पलास्टीकका थाल, बोटुका, चम्चा लगायतका सामाग्रीहरुले बाताबरणमा असर पुराउने र सालको पात बाट बनेको दु्नाटपरी कुहीएर मल बन्ने हुदा पनी यसको माग बढ्दै गएको देख्न सकिन्छ । दुना टपरी बनाउने तालिमको प्रशिक्षक भावना पुलामी मगर हुनुहुन्छ भने तालिममा २५ जना सहभागी रहनु भएको छ । तालीम पुनर्वास ११ का वडासदस्य पदम सिंह धामीको प्रमुख आतिथ्यतामा उदघाटन गरीएको थियो । तालीममा उद्यम बिकास समितीका सदस्य फुल्लन चौधरी, दलित महिला सदस्य मनमाया सुनार, उद्यम बिकास सहजकर्ता सुजता तिमिल्सेना, पत्रकार केशब भट्टराई लगायतको उपस्थिती रहेको थियो ।