कञ्चनपुरको मोहना लालझाडी क्षेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८ औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ । संस्थाले वार्षिकोत्सव विशेष कार्यक्रम अन्तरगत मासिक बचत समुह हरुका बिच हाजीरी जवाफ प्रतियोगीताको आयोजना गर्दै १८ औँ स्थापना दिवस मनाएको हो ।


कार्यक्रममा बोल्दै पुनर्वास नगरपालीकाको नगर उपप्रमुख भुलीया कुमारी रानाले सहकारीको प्रगतीको कामना ब्यक्त गर्नुभयो । यस्तै उहाँले सहकारीले विगत १८ वर्षमा गरेका उपलब्धिहरू, आर्थिक सशक्तीकरणमा पुराएको योगदान तथा समुदायमा ल्याएको सकारात्मक प्रभाव बारे चर्चा गर्नुभयो ।

कार्यक्रममा बोल्दै सहकारीका ब्यवस्थापक रमेश रानाले १८ औँ वार्षिकोत्सवको शुभकामना ब्यक्त गर्नुभयो । सहकारीले सदस्यहरूको बचत र ऋण व्यवस्थापनमा खेलेको भूमिकालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थाले आर्थिक पारदर्शिता, सदस्यहरूको हित र सहकारी मुल्य–मान्यताका आधारमा सेवा प्रदान गर्दै आएको बताउदै आगामी दिनमा प्रविधिमैत्री सेवाहरू थप गर्ने योजना रहेको उहाँ बताउनुहुन्छ ।

यस्तै सहकारीको १८ औँ स्थापना दिवसमा बोल्दै सहकारीका अध्यक्ष प्रेमलता देबि गौतमले स्थापनाकाल देखि नै आर्थिक स्थायित्व र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आएको बताउनुभयो । उहाँले संस्थाले आगामी दिनहरूमा सदस्यलाई अझ प्रभावकारी सेवा दिने लक्ष्य लिएको जानकारी दिनुभयो ।

कार्यक्रममा हाजिरीजबाफ प्रतियोगीतामा सहभागी समुहहरु बाट सान्तवना देखी प्रथम हुने समुहलाई पुरस्कृत गरीएको थियो । हाल सहकारीका वासलात झण्डै १२ करोड भन्दा बढीको छ । कार्यक्रममा सहकारी क्षेत्रको महत्व, उपलब्धि तथा भावी योजनाबारे छलफल गरीएको थियो । कार्यक्रमको सञ्चालन सहकारीका सचिब भरत बहादुर चन्दले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, सहकारीका सदस्यहरु, कर्मचारीहरु, शेयरसदस्यहरु, पत्रकार तथा स्थानीयको सहभागीता रहेको थियो ।