कञ्चनपुरको पुनर्वास १० मा रहेको बिजय माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई एजुकेसन सपोर्ट कार्यक्रम अन्तरगत स्कुल ब्याग स्टेशनरी तथा हाइजनिक किट सहितको शैक्षिक साम्रग्री वितरण गरिएको छ । शुक्रबार चाईना फाउन्डेसनको आर्थिक सहयोग तथा वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को समन्वयमा बिद्यालयमा अध्यनरत प्रारम्भिक बालविकास देखि कक्षा ८ सम्मका ४ सय २ जना बिद्यार्थीहरुलाइ उक्त सामाग्रीहरु बितरण गरीएको हो ।


उक्त कार्यक्रममा बोल्दै पुनर्वास १० का वडाध्यक्ष सुकदेब रानाले चाईना फाउन्डेसन र पेसवानलाई धन्यबाद ब्यक्त गर्नुभयो । बिद्यार्थीहरुले प्राप्त गरेको उक्त सामाग्रीहरुले बिद्यार्थीलाई नयाँ शैक्षिक सत्रमा गर्नूपर्ने खर्च कटौती गर्न मद्दत मिलेको बतानुभयो । पेसवानले उपलब्ध गराएको शैक्षिक सामाग्रीहरु सहि तरीकाले प्रयोग गर्न गराउन सबै अभिभावकहरुलाई उहाँले आग्रह गर्नुभयो ।


कार्यक्रममा बोल्दै बिजय माध्यमिक विद्यालयका अध्यक्ष गगन सिंह धामीले बिद्यार्थीहरुले विद्यालय झोला, खाजा बक्स, पानी बोतल, स्टेशनरी तथा हाइजनिक किट सहितको १८ वटा सामाग्रीहरु पाएको बताउनुभयो । उहाँले पेसवानलाई धन्यवाद ज्ञापन गर्नुभयो । आगामी दिनहरुमा पनी संस्थाले बिद्यालयलाई सहयोग गर्ने अपेक्षा आफुले लिएको बिद्यालयका अध्यक्ष धामी बताउनुहुन्छ ।


विद्यालयमा अध्ययन गर्ने ४ सय २ जना बिद्यार्थीहरुले झोला सहित आवश्यक सामाग्रीहरु प्राप्त गरेपछी बिद्यार्थीहरु खुशी भएका छन् । कार्यक्रममा जनप्रतनिधि, पेसवानका उपाध्यक्ष पशुपती थापा, बिद्यालयका सहायक प्रधानाध्यापक निर्मल सुबेदी, बिद्यालय ब्यवस्थापन समितीका पदाधीकारीहरु, अभिभावक लगायत स्थानीयको सहभागीता रहेको थियो ।