कञ्चनपुरको पुनर्वास नगरपालिका–१० मा रहेको विजय माध्यामीक बिद्यालयले कक्षा १२ का विद्यार्थीहरूलाई बिदाइ गरेको छ । बिद्यालय र कक्षा ११ को आयोजनामा कक्षा १२ का विद्यार्थीहरूलाई आउदै गरेको परिक्षाको शुभकामना सहित बिदाइ गरीएको हो । बिदाई कार्यक्रममा बोल्दै शिक्षिका लक्ष्मी उप्रेतीले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राका लागि शुभकामना दिनुभयो । बिद्यार्थीहरुले परिश्रम, अनुशासन र इमानदारीता साथ अध्ययन गरे पक्कै सफलता मिल्नेमा दुइमत रहेको उहाँले बताउनुभयो ।

बिदाई कार्यक्रममा बाल्दै बिद्यालयका शिक्षक मणीरत्न शर्माले बिद्यार्थीहरुको चाहाना अनुसार काम गर्न सकिए नसकिएको भोलीले बताउने बताउनुभयो । पढाउने क्रममा केही तिता पलभए सो कुरालाई बिर्सिएर अगाडी बढ्न उहाँले सबै बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

कक्षा ११ र १२ बिद्यार्थीहरुले विद्यालयमा बिताएका मीठा सम्झनाहरू सुनाउँदै शिक्षकहरूलाई धन्यवाद व्यक्त गरे । उनिहरुल विद्यालयमा पढाइ मात्र नभएर जीवनका धेरै महत्वपूर्ण पाठहरू पनी सिक्न पाएको बताएका छन् । यस्तै कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक भवानी दत्त अवस्थीले धेरै जसो बिद्यार्थीहरुले एक कक्षा बाटनै अध्ययन गर्दै १२ बर्ष बिद्यालयमा कटाएको बताउनुभयो । आफुहरुले दिएको शिक्षा र मार्गदर्शनको साँचो अर्थ तब मात्र पुष्टि हुन्छ, जब विद्यार्थीहरू समाजका जिम्मेवार नागरिक बन्न सक्छन भन्दै उहाँले बिद्यार्थीहरुलाई सफल भबिष्यको कामना गर्नुभयो ।

कार्यक्रममा बोल्दै बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष गगन सिंह धामीले विदाई कार्यक्रमलाई बिद्यालयको सस्कृती बनाएको भन्दै खुशी ब्यक्त गर्नुभयो । उहाँले बिद्यार्थीलाई परिक्षा सफलताको कामना संगै आउदै गरेको नँयाबर्ष २०८२ को शुभकामना ब्यक्त गर्नुभयो ।बिदाइ कार्यक्रममा बिद्यार्थीहरुले आ–आफ्नो प्रस्तुति देखाएका थिए । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।