कञ्चनपुरको पुनर्वासमा सोमबार पनी चार बिद्यालयका ७ सय ५९ जना बिद्यार्थीहरुलाई एजुकेसन सपोर्ट कार्यक्रम अन्तरगत स्कुल ब्याग स्टेशनरी तथा हाइजनिक किट सहितको शैक्षिक सामाग्री वितरण गरिएको छ ।

चाईना फाउन्डेसनको आर्थिक सहयोग तथा वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान, कञ्चनपुर)को समन्वयमा बिद्यालयहरुमा अध्यनरत प्रारम्भिक बालविकास देखि कक्षा ८ सम्मका बिद्यार्थीहरुलाई उक्त सामाग्रीहरु बितरण गरीएको पेसवान कञ्चनपुरले जनाएको छ ।

सोमबार राष्ट्रिय माध्यामिक बिद्यालय बिचफाँटा, सरस्वती आधारभुत बिद्यालय खड्डा, जिवनशक्ति माध्यामीक बिद्यालय सीताबस्ती ख गाँउ, र दिपशिखर आधारभुत बिद्यालय बिचफाँटामा उक्त सामाग्रीहरु बितरण गरीएको छ ।

राष्ट्रिय माध्यामिक बिद्यालय बिचफाँटामा १ सय २२ छात्र र १ सय ४५ छात्रा गरी २ सय ६७ जना, सरस्वती आधारभुत बिद्यालय खड्डामा २४ छात्र र ३० छात्रा गरी ५४ जनाले स्कुल ब्याग स्टेशनरी तथा हाइजनिक किट सहितको शैक्षिक सामाग्री प्राप्त गरेका छन् । यस्तै जिवनशक्ति माध्यामीक बिद्यालय सीताबस्ती ख गाँउमा १ सय ४० छात्र र २ सय १२ छात्रा गरी ३ सय ५२ जना, र दिपशिखर आधारभुत बिद्यालय का बिचफाँटामा ४९ छात्र र ३७ छात्रा गरी ८६ जनाले उक्त सामाग्रीहरु पाएका छन् ।

झोला सहित आवश्यक सामाग्रीहरु प्राप्त गरेपछी बिद्यार्थीहरु समेत खुशी भएका छन् ।