“आर्थिक समृद्धिका आधार लघु उद्यम मार्फत रोजगार” भन्ने मुल नाराका साथ पुनर्वासमा ४५ दिने मोटरसाइकल मर्मत र रानाथारु पोशाक घङ्घरिया अंगिया सिप बिकास तालीम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तरगत पुनर्वासको उद्यम बिकास शाखाको आयोजनामा सञ्चालनमा रहेका दुइवटा तालीम एकैसाथ सम्पन्न गरीएको छ ।  पुनर्वास १ र २ मा फरक फरक तालीम दिइएको थियो । पुनर्वास १ मा रानाथारु पोशाक घङ्घरिया अंगिया बनाउने तालीम आयोजना भएको थियो भने पुनर्वास २ मा मोटरसाइकल मर्मत सम्वन्धि तालीम सञ्चालन गरीएको पालिकाको उधम बिकास शाखाले जनाएको छ । मोटरसाइकल मर्मत तालीममा १६ जना र रानाथारु पोशाक घङ्घरिया अंगिया सिप बिकास तालीममा १९ जना सहभागी रहेको पालिकाले जनाएको छ ।

तालीमको समापन समारोहमा बोल्दै पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलीया कुमारी रानाले अनुशासन प्रशिक्षार्थीहरुको लागी महत्वपुर्ण रहने बताउनुभयो । ४५ दिनमा सिकेको कुराहरुलाई पुर्ण ब्यवसायीक बनाउन आगामी दिनहरुमा एडभान्स लेबलका तालीमहरु सञ्चालन गर्न आफु प्रतिबद्ध भएको उहाँ बताउनुहुन्छ ।

यस्तै कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका अधिकृत कृष्ण भट्टले रानाथारु पोशाक घङ्घरिया अंगिया सिप बिकास तालीमले यस क्षेत्रमा बसोबास गर्दै आएका रानाथारुको कलासस्कृती संरक्षणमा समेत योगदान पुग्ने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै पुनर्वास–१ का वडाध्यक्ष मोहनलाल रानाले केहीपनी जती धेरै ग¥यो त्यती नै सिक्न सजिलो हुने बताउनुभयो । सुरुमा केही असहज भएपनी हिम्मतका साथ काम गरे पछी बानी पर्दै जाने उहाँ बताउनुहुन्छ ।

यस्तै कार्यक्रमा सहभागीहरुले तालीमबाट आफुहरु सिपयुक्त बन्न सकेको बताएकाछन् । आफुहरुले तालीममा कामको महत्व सिकेको बताउदै अव एडभान्स तालीमको आयोजना गर्न पालीकालाई आग्रह गरेका छन् । कार्यक्रममा जनप्रतिनिधि, वडा सदस्य गोमती अवस्थी, उधम बिकास शाखा प्रमुख बिमला चौधरी सहभागीहरु, स्थानीय पत्रकार लगायतको उपस्थीती रहेको थियो । कार्यक्रमको सञ्चालन उधम बिकास सहजकर्ता सुजता तिमिल्सेनाले गर्नुभएको थियो ।