कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपरमा एकदिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ७ को आयोजना र संजिवनी अस्पताल धनगढीको सहयोगमा उक्त शिबिर सम्पन्न भएको हो । स्वास्थ्य शिबिर उदघाटन गर्दै बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगाराम चौधरीले पालीका भित्र स्वास्थ्यको क्षेत्र केही हदसम्म पछि रहेको बताउनुभयो । पालिका भित्र सुबिधासम्पन्न अस्पताल नभएको र बिशषज्ञ चिकित्सकहरु राख्न नसकीएको बताउनुभयो ।

यस्तै स्वास्थ्य शिबिरमा बोल्दै महाकाली बहुमुखी क्याम्पसका अध्यक्ष हरेन्द्र बिष्टले बेलौरीका नागरीक सबैको पहुचमा स्वास्थ्य सेवा नपुगेको जिकिर गर्नुभयो । सबैको धनगढी, काठमाण्डौँ पुग्ने सक्ने अवस्था नभएको र बिशषज्ञ चिकित्सक सहितको टोलीले वडामै आएर सेवा दिदा स्थानीयलाई राहात महशुस भएको उहाँ बताउनुहुन्छ । शिबिर उदघाटन सत्रमा बोल्दै संजिवनी अस्पताल धनगढीका चिकित्सक शंकर अधिकारीले अस्पतालले स्थापनाकाल देखी नै बिभिन्न क्षेत्रमाहरुमा शिबिर गर्दै आएको बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै कुण्डा सब डिभिजन वन कार्यालय पचकीयाका प्रमुख वन अधिकृत दनेश कुमार यादबले आफुहरुको सानो अनुरोध लाई सहर्ष स्विकार गर्दै संजिवनी अस्पतालले शिबिर गर्न तयार भएको भन्दै धन्यबाद ब्यक्त गर्नुभयो । शिविरमा हाडजोर्नी तथा नसाको समस्या, रगत रोग, नाक–कान–घाँटीको समस्या, पेटको समस्या, फिजिकल समस्या आदिको परीक्षण तथा परामर्श सेवा दिइएको बेलौरी ७ का वडाध्यक्ष प्रकास श्रेष्ठले जानकारी दिनुभयो । उहाँले शिबिरमा चिकित्सकहरु संग नडाराई, नलजाई, आफ्नो समस्याहरु राख्न समेत वडाबासीलाई आग्रह गर्नूभएको थियो ।

उक्त स्वास्थ्य शिबिरमा ४ सय १० जनाले सेवा लिएको बेलौरी ७ को वडा कार्यालयले जनाएको छ । शिबिरमा एक सय जनाले भिडियो एक्सरे गरेका छन् भने लगभग ४० जनाले एक्सरे सेवा लिएको वडाले जनाएको छ । ३५ जनाले पिसाब परिक्षण गराएका छन् भने बाँकिले ओपीडी सेवा संगै बिशषज्ञ सेवा लिएको छन् ।  शिविरमा डा. जगदिश चन्द्र बिष्ट (रगत रोग विशेषज्ञ), डा. मोहन नाथ (हाडजोर्नी तथा नसा रोग विशेषज्ञ), डा. शंकर अधिकारी (जनरल ल्याप्रास्कोपिक सर्जन), डा. सुमन चौधरी (जनरल फिजिसियन) र डा. ज्योती पाण्डे (नाक, कान तथा घाँटी रोग विशेषज्ञ) ले सेवा दिएका थिए । यस्तै शिबिरमा भिडियो एक्सरे, एक्सरे सेवा तथा पिसाब परीक्षणको सुविधा पनि उपलब्ध गराइएको वडा कार्यालयले जानकारी दिएको छ ।