कञ्चनपुरको पुनर्वासमा फियान नेपालले गर्दै आएको कामको सहयोग गर्ने दातृ संगठनले समिक्षा गरेको छ । समुदाय, नागरीक समाज, स्थानीय खाद्य अधिकार सञ्जालका सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिहरु संग फियान नेपालले गर्दै आएको कामको बारेमा समिक्षा भएको थियो । जर्मनी र भारतबाट आउनु भएका दातृ निकायका प्रतिनिधिहरुले स्थलगत रुपमै पुनर्वासका बिभिन्न क्षेत्रहरुको अनुगमन गर्नुका साथै बन्यजन्तु प्रभावित समुह संग छलफल समेत गर्नुभएको थियो ।