पछिल्लो समय पुनर्वास भित्रका बिद्यालयहरुमा भौतीक सुधारका कामहरु धमाधम भैरहेका छन् । चालु आर्थीक बर्ष २०८१÷८२ मा मात्रै पालिका भित्रका आठ वटा बिद्यालयहरुमा नयाँ भवनहरु बन्दै छन् । यो संगै बेलाबेलामा बिद्यालयको अनुगमन पनी हुदै आएको सर्बवितितै छ । यस्तै बिभिन्न संघसंस्थाको सहयोगमा पालिका भित्रका २० बिद्यालयका बिद्यार्थीहरुलाई स्कुल ब्याग, स्टेशनरी तथा हाइजनिक किट सहितको शैक्षिक सामाग्री बितरण गरीएको पुनर्वास नगरपालिकाले जनाएको छ । साथै बिद्यालयहरुलाई उपलब्ध गराउन पछिल्लो समय मात्रै ३६ हजार पिस सेनेटरी प्याड नगरपालिकामा आइ पुगेको छ । नयाँ शैक्षिक सत्र नजिकिदै गर्दा बिद्यार्थी भर्ना अभियान प्रभावकारी बनाउन सबैपक्ष लाग्नु पर्नेमा पालिकाले जोड दिएको छ ।

धमाधम बन्दैछन् नयाँ भवनहरु :
यतिबेला पुनर्वास नगरपालिका भित्रका चार बिद्यालयहरुमा पालिकाको बजेटमा दुई तले चारकोठे भवन बन्दै छन् । बिजय माध्यामीक बिद्यालय पुनर्वास– १०, सरस्वती माध्यामीक बिद्यालय पुनर्वास–२, गौरीशकर माध्यामीक बिद्यालय पुनर्वास–५ र जिवनज्योती माध्यामीक बिद्यालय पुनर्वास–६ मा नँया भवन बनिरहको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले जानकारी दिनुभयो ।
यस्तै पुनर्वास नगरपालिका र विल्डअन संस्थासंगको साझेदारीमा ४ बिद्यालयमा तिन कोठे भवन संगै २ कोठे पक्की शौचालय निर्माणको काम धमाधम चलिरहेको छ । नमुना राम जी आधारभुत बिद्यालय पुनर्वास–४, अरनिको आधारभुत बिद्यालय पुनर्वास–२, ऐश्वर्य आधारभुत बिद्यालय पुनर्वास–२ र मदन आश्रीत आधारभुत बिद्यालय पुनर्वास–५ मा नँया संरचना निर्माण भइरहको नगर प्रमुख शर्माले जानकारी दिनुभयो ।

झण्डै ४ हजार बिद्यार्थीहरुले पाए शैक्षिक सामाग्री :
यस्तै पहिलो चरणमा पालिका भित्रका २० बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई एजुकेसन सपोर्ट कार्यक्रम अन्तरगत स्कुल ब्याग स्टेशनरी तथा हाइजनिक किट सहितको शैक्षिक सामाग्री वितरण गरिएको छ । चाईना फाउन्डेसनको आर्थिक सहयोग तथा वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान, कञ्चनपुर)को समन्वयमा पहिलो चरणमा प्रारम्भिक बालविकास देखि कक्षा ८ सम्मका अध्ययन गर्ने झण्डै ४ हजार बिद्यार्थीहरुलाई उक्त सामाग्रीहरु बितरण गरीएको पुनर्वास नगरपालिकाले जनाएको छ ।                        प्रत्येक बिद्यार्थीहरुलाई २ हजार मुल्य बराबरको खाजा बक्स, पानी बोतल, स्टेशनरी तथा हाइजनिक किट गरी १८ वटा सामाग्रीहरु सहितको विद्यालय झोला बितरण गरीएको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले जानकारी दिनुभयो । पालिका भित्र ३२ वटा सामुदायीक बिद्यालयहरु छन् । जसमध्ये बाँकी १२ बिद्यालयमा दोस्रो चरण अन्तरगत शैक्षिक सामाग्रीहरु बितरण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

विद्यालयमा अनुगमन बढ्दै :
पालिकाले पछिल्लो समय बिद्यालय अनुगमनलाई तिब्रता दिदै आएको छ । अहिले बार्षिक परिक्षा र बिदाइ भएकाले, बिद्यालय सञ्चालन हुन साथ बिद्यालय अनुगमनलाइ तिब्र बनाउने पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलीया कुमारी रानाले जानकारी दिनुभयो ।
नगर उपप्रमुख रानाको नेतृत्वमा फाल्गुन १३ गते मङ्गलबार पुनर्वास–१० मा रहेको विजय माध्यमिक विद्यालयमा अनुगमन भएको थियो । यस्तै फाल्गुन २० गते मङ्गलबार नै पुनर्वास–९ बीचफाँटामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा नगर उपप्रमुख शिक्षा शाखा प्रमुख र वडा अध्यक्ष सहितको टिमले अनुगमन गरेको थियो । यस्तै फाल्गुन २१ गते बुधबार पनी नगर उपप्रमुख सहितको टोलीले पुनर्वास–११ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय र पुनर्वास–१० मा रहेको अंलकार आधारभुत बिद्यालयमा अनुगमन गरेको थियो ।
त्यस्तै सोही दिन नगर प्रमुख तोय प्रसाद शर्मा, प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्ष सहितको टोलीले पुनर्वास–५ मा रहेको मदन आश्रित आधारभूत विद्यालयको समग्र शैक्षिक अवस्थाको बारेमा अनुगमन गर्नुको साथै आवश्यक सुधार गर्नुपर्ने पक्षहरूको बारेमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुलाई निर्देशन दिनु भएको थियो । नयाँ शैक्षिक सत्र संगै हरेक हप्ता एउटा बिद्यालय अनुगमन गर्ने तयारीमा आफु रहेको पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलीया कुमारी रानाले बताउनुभयो ।

भर्ना अभियान प्रभाबकारी बनाउन छलफल :
चैत्र महिनामा परिक्षा लगायतका कामहरु सञ्चालन भएकाले नयाँ शैक्षिक सत्रका लागी आफुहरु कसरी जाने भन्ने बिषयमा छलफल भैइरहेको पुनर्वासका शिक्षा शाखा प्रमुख शिबराज भट्टले जानकारी दिनुभयो । यतिबेला देशब्यापी रुपमा शिक्षकहरुको आन्दोलन चलेकाले बिद्यार्थी भर्ना अभियानलाई असर पर्नेगरी काम नर्गन शिक्षकहरुलाई आग्रह गरेको उहाँले बताउनुभयो । नयाँ शैक्षिक सत्र नजिकिदै गर्दा बिद्यार्थी भर्ना अभियान प्रभावकारी बनाउन सबैको साथ आवश्यक रहेको उहाँले बताउनुभयो ।

३६ हजार पिस सेनेटरी प्याड बितरण गर्दै :
सरकारले सामुदायीक बिद्यालयहरुमा सेनेटरी प्याड अनिवार्य गरेसंगै बिगतका बर्षहरुबाट नै बिद्यालयमा सेनेटरी प्याड बितरण हुदै आएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । यस्तै नयाँ शैक्षिकसत्रलाई मध्यनजर गर्दै बिद्यालयहरुलाई उपलब्ध गराउन पछिल्लो समय मात्रै ३६ हजार पिस सेनेटरी प्याड नगरपालिकामा आइ पुगेको शिक्षा शाखा प्रमुख शिबराज भट्टले जानकारी दिनुभयो । महिनावारी भएको वेला छात्राहरुले बिद्यालय छुटाउनु नपरोस भन्ने मुख्य उद्देश्यक साथ पालिका भित्रका हरेक बिद्यालयलाई सेनेटरी प्याड अनिवार्य गरीएको उहाँले बताउनुभयो ।