पछिल्लो समय पुनर्वास भित्रका बिद्यालयहरुमा भौतीक सुधारका कामहरु धमाधम भैरहेका छन् । चालु आर्थीक बर्ष २०८१÷८२ मा मात्रै पालिका भित्रका आठ वटा बिद्यालयहरुमा नयाँ भवनहरु बन्दै छन् । यतिबेला पुनर्वास नगरपालिका भित्रका चार बिद्यालयहरुमा पालिकाको बजेटमा दुई तले चारकोठे भवन बन्दै छ । बिजय माध्यामीक बिद्यालय पुनर्वास– १०, सरस्वती माध्यामीक बिद्यालय पुनर्वास–२, गौरीशकर माध्यामीक बिद्यालय पुनर्वास–५ र जिवनज्योती माध्यामीक बिद्यालय पुनर्वास–६ मा नँया भवन बनिरहको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले जानकारी दिनुभयो ।

यस्तै पुनर्वास नगरपालिका र विल्डअन संस्थासंगको साझेदारीमा ४ बिद्यालयमा तिन कोठे भवन संगै २ कोठे पक्की शौचालय निर्माणको काम धमाधम चलिरहेको छ । नमुना राम जी आधारभुत बिद्यालय पुनर्वास–४, अरनिको आधारभुत बिद्यालय पुनर्वास–२, ऐश्वर्य आधारभुत बिद्यालय पुनर्वास–२ र मदन आश्रीत आधारभुत बिद्यालय पुनर्वास–५ मा नँया संरचना निर्माण भइरहको नगर प्रमुख शर्माले जानकारी दिनुभयो ।