धनगढी–२ मा रहेको श्रीपेच इन्सीच्युट अफ होटेल म्यानेजमेण्ट कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई बिदाइ गरेको छ । कलेजको आयोजनामा कक्षा १२ का विद्यार्थीहरूलाई आउदै गरेको परिक्षाको शुभकामना सहित बिदाइ गरीएको हो । ओम प्यालेस धनगढीमा आयोजीत उक्त कार्यक्रममा खेलकुद सप्ताहामा जित हासिल गरेका बिद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान समेत गरीएको थियो ।

बिदाई कार्यक्रममा बोल्दै कलेजका प्रिन्सीपल शेर सिंह धामीले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राका लागि शुभकामना दिनुभयो । बिद्यार्थीहरुले परिश्रम, अनुशासन र इमानदारीता साथ अध्ययन गरे पक्कै सफलता मिल्नेमा दुइमत रहेको उहाँले बताउनुभयो । बिदाई कार्यक्रममा प्रमुख अतिथीको आसन बाट बोल्दै धनगढी–२ का वडाध्यक्ष धर्मराज ओझाले बिद्यार्थीहरुलाई परिक्षा सफलताको शुभकामना ब्यक्त गर्नुभयो । पछिल्लो समय होटल म्यानेजमेण्ट भन्ने बित्तिकै श्रीपेच कलेजको नाम सुन्न पाउँदा र यसरी बिद्यार्थीहरु बिदाई र स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभयो । अध्ययन संगै कलेजले बिद्यार्थीहरुलाई सिपमुलक, स्वालम्वन र आत्मनिर्भर बनाउन होटल म्यानेजमेण्ट अन्तरगतका सबै क्षेत्रलाई समेटेको बताउनुभयो । उहाँले कलेजलाई समेत प्रगतीको कामना गर्दै नयाँ बर्ष २०८२ को शुभकामना ब्यक्त गर्नुभयो ।

बिदाई कार्यक्रममा सभापतीको आसन बाट बोल्दै श्रीपेच इन्सीच्युट अफ होटल म्यानेजमेण्ट कलेजका संस्थापक गणेश शाहीले आजसम्मको प्रतिफल भोली मात्रै मिल्ने बताउनुभयो । बिद्यार्थीका लागी आफुहरुले गर्नुपर्ने कुनै पनी काम बाँकी नराखेको बताउनुभयो । पढ्ने–पढाउने क्रममा केही तिता पलभए सो कुरालाई बिर्सिएर अगाडी बढ्न उहाँले सबै बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो । उहाँले कलेजलाई उत्कृट बनाउन सहयोग गर्ने सम्पुर्ण शिक्षक, अभिभावक, बिद्यार्थी, सहयोगी संघसंस्थाहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले बिद्यार्थीहरुलाई परिक्षा सफलताको कामना संगै आउदै गरेको नँयाबर्ष २०८२ को शुभकामना ब्यक्त गर्नुभयो ।

कक्षा ११ र १२ बिद्यार्थीहरुले विद्यालयमा बिताएका मीठा सम्झनाहरू सुनाउँदै शिक्षकहरूलाई धन्यवाद व्यक्त गरे । बिदाइ कार्यक्रममा बिद्यार्थीहरुले आ–आफ्नो प्रस्तुति देखाएका थिए । कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधी, शिक्षक, अभिभावक लगायत आमन्त्रित पाहुनाहरुलाई मायाको चिनो बितरण गरीएको थियो । यस्तै कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधी, शिक्षक, अभिभावक, बिद्याथीर्, पत्रकार लगायतकोे उपस्थिति रहेको थियो ।