कञ्चनपुरको पुनर्वास–११ मा नयाँ वर्षको पूर्व सन्ध्यामा दीप प्रज्वलन गरिएको छ । पुनर्वास–११ मा रहेको श्री पशुपति शिक्षा मन्दिरको आयोजनामा नयाँ वर्ष २०८२ को स्वागत गर्दै दीप प्रज्लन गरिएको हो ।

 


सो कार्यक्रममा बोल्दै पुनर्वास–११ का वडा अध्यक्ष तुलसी अर्यालले नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्नुभयो । साथै २०८१ सालमा पुराहुन नसकेका कामको सफलताको कामना गर्दै सकारात्मक सोच र विचारले देशमा पक्कै पनि परिवर्तन हुने बताउनुभयो ।


यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज पाण्डेले सम्पूर्णमा नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो । पुनर्वास ११ मा पशुपति शिक्षा मन्दिरले विभिन्न समयमा यस्ता विविध क्रियाकलापहरू गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक राजकुमार चौधरीले जानकारी दिनुभयो ।


विसं २०८१ को विदाईसँगै नयाँ वर्ष २०८२ को स्वागत गर्न दीप प्रज्वलन गरिएको उहाँले जानकारी दिनुभयो । नेपालको नक्सा बनाएर सात प्रदेश देखिएको संकेतमा दीप प्रज्वलन गरिएको थियो । कार्यक्रममो जनप्रतिनिधि शिक्षक विद्यार्थी अभिभावक लगायत स्थानीयको सहभागीता रहेको थियो ।