कञ्चनपुरको पुनर्वास–११, भिबस्तीमा रहेको श्री पपुलर बोर्डिङ्ग इङ्ग्लीस स्कूलले शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण भव्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै एलायन्स इन्टरनेशनल स्कुलका प्रमुख टि.एन. ढकालले शिक्षक, अभिभावक र विद्यार्थी बीचको त्रिकोणात्मक सम्बन्ध बलियो हुँदा मात्र शिक्षामा गुणस्तर कायम गर्न सकिने बताउनुभयो । उहाँले विद्यालयप्रतिको विश्वास र सहकार्यप्रति सम्पुर्ण अभिभावकहरुलाई आभार प्रकट गर्नुभयो ।


यस्तै कार्यक्रममा बोल्दै अनमोल प्रेसका अध्यक्ष पत्रकार केशब भट्टराईले नतीजा प्रकासनको समयमा पनी अभिभावकको न्युन उपस्थिती प्रती दुःख ब्यक्त गर्नुभयो । आफ्ना नानीबाबुको पढाइ प्रती सबैले सजक भएर समय दिनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा स्वागत मन्तव्य सहित प्रिन्सिपल दिर्घराज ओझाले विद्यालयले पछिल्लो समय नगरपालिका बाट सञ्चालीत कक्षा आठको परिक्षामा शतप्रतिसत नतीजा ल्याउन सफल भएको बताउनुभयो । कार्यक्रममा परिक्षामा उत्कृट नतीजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।

साथै, नियमित उपस्थित हुने र अनुशासीत विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको थियो। विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पत्रकार लगायत स्थानीयको उपस्थिति रहेको थियो।