कञ्चनपुर क्षेत्र नंम्वर १ का प्रतिनिधि सभा सदस्य तथा सासंद तारा लामा तामाङले पुनर्वास १० मा निर्माणाधिन लमैया नाला पक्की पुलको अनुगमन गर्नुभएको छ । बर्षायामलाई मध्यनजर गर्दै स्थानीयको गुनासो आएपछी आफै स्थलगत अनुगमनमा पुगेको सासंद तामाङले बताउनुभयो । पुलको काम लगभग सम्पन्न भैसकेको अवस्था रहेपनी अब पुलको साइडमा स्ल्याव निर्माण र पुलको अघीपछी माटो भरान गरेर सुचारु गर्न बाँकी रहेको उहाँ बताउनुहुन्छ । २०८२ असार मसान्त सम्म काम सम्पन्न गर्ने गरी सम्झौता भएको बताउदै सो समय सम्म पुल पुर्ण रुपले सुचार हुनेमा दुइमत नरहेको उहाँले बताउनुभयो ।

पुनर्वास–१० का स्थानीयको खेतीबारी लमैया र दोदा बिचमा रहेको बताउदै उनिहरुलाई सहज होस भन्नका लागी पुल बनाउन परेको उहाँले बताउनुभयो । पुल बनेपछी कृषकहरुलाई सहज हुने र त्यसको लागी छिट्टै काम सम्पन्न गर्न निर्माण ब्यवसायीलाई भन्दै आइरहेको उहाँले बताउनुभयो । प्रदेस सरकारको बहुबर्षिय योजना अन्तरगत निर्माणाधिन लमैया नाला पक्की पुलको तत्कालीन समयमा सासंद तारा लामा तामाङ प्रदेस अर्थमन्त्रि भएको बेला ठेक्का सम्झौता भएको थियो । उक्त पुलको ४ करोड १९ लाख १४ हजार लागत स्टिमेट रहेपनी   वाइआर/हटैराज जेभीले ३ करोड ३३ लाख १४ हजार रुपैयामा ठेक्का सम्झौता गरी काम सुरु गरेको पुर्वाधार कार्यालय कञ्चनपुरका इन्जिनियर हेमराज भट्टले बताउनुभयो ।