टिभिएस माेटर्सकाे नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा माेटर्स प्रालिकाे धनगढी र अत्तरियाका लागि आधाकारिक बिक्रेता बागेश्वरी अटाेमाेटिभ्सले धनगढिकाे पार्कर्माेडमा यहि बैशाख ७ गते देखि १२ गते सम्म अहिले सम्मकै ठुलाे टिभिएस एक्सचेञ्ज मेला गर्न लागकाे हाे। बागेश्वरीका संचालक प्रेम साउदका अनुसार मेलाकाे ७०% काम सकिसकेकाे र बाकि ३०% काम सकिने क्रममा रहेकाे जानकारी दिए। टिभिएस सुदूरपश्चिम प्रदेशमा सर्वाधिक रुचाईएकाे ब्रान्डमा पर्दछ भने  टिभिएस हाल नेपालमा सर्वाधिक बिक्रि दर भएको र धेरै रेन्ज भएकाे माेटरसाईकल कम्पनि पनि हाे।

बजारकाे बढ्दाे मागलाई मध्यनजर गरेर टिभिएसले छ दिनकाे लागि मात्रै यति ठुलाे स्किम सहितकाे मेला गर्न लागेकाे हाे। मेलामा १ लाख सम्मकाे नगद छुट छ भने ३० हजार न्युनतम ग्यारेन्टेड मुल्यांकन रहेकाे जगदम्बाका रिजनल अफिसर प्रकाश चाैहानले जानकारी दिए। ६ दिन सम्म खरिद गर्ने ग्राहकलाई मध्यनजर गरेर नागरिकता र सवारि चालक अनुमति प्रत्रकाे भरमा पनि माेटरसाईकल खरिद गर्न सकिने जगदम्बा हायस पर्जेजका हरि साउदले जानकारी दिए।

साथै भाेलि लन्च गर्ने भिडियाे लाई सेयर गरि धेरै लाईक तथा कमेन्ट आउने तीन जना भाग्यशाली बिजेतालाई मेला सकिएकाे अन्तिम दिन आकर्षक उपहार पनि रहेकाे संचालक साउदले जानकारी दिए।  टिभिएसले लाईफ टाईम वारेन्टी प्रदान गर्नेमा नेपाल मात्रै रहेकाे छ। जगदम्बा माेटर्सकाे मुख्य उदेश्य भनेकै बिक्रि भन्दा पनि बिक्रि पछिकाे सेवा रहेकाे छ। मेलाकाे भाेलि ११:११ बजे समुद्घाटन कार्यक्रम रहेकाे साउदले जानकारी दिए।