नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनर्वास पुग्नु भएको छ । पार्टिले सञ्चालन गरेको राष्ट्रियस्तरको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ अन्तर्गत उहाँ पुनर्वास पुग्नु भएको हो । सोही कार्यक्रमका दौरानमा पुनर्वास पुग्नु भएका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि प्रचण्ड सहितको टिमलाई पुनर्वास नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको छ ।

अभिनन्दन कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनर्वास आफु २०३८ साल देखी २०४१ साल सम्म धेरै पटक आउँजाउ गरेको बताउनुभयो । त्यसबेला देखी नै यस क्षेत्रका जनताको बिषयमा आफु जानकार भएको उहाँ बताउनुहुन्छ । पुनर्वास एक प्रगतीशिल मत भएको क्षेत्र रहेको सम्झना गर्नुभयो । उहाँले अहिलेको समयमा पुग्दा पुनर्वास समग्र बिकासका अभियानमा सफलता प्राप्त गर्न सफल भएको भन्दै शुभकामना ब्यक्त गर्नुभयो ।

उहाँले पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मालाई यहाँका योजनाको बिषयमा आफुले भनेको भन्दा पनी हजुरले भनेको अलि बढी लाग्छ कि भन्दै पुनर्वासकको बिकासमा पहल गर्नुपर्ने बताउनुभयो । पुनवासको बिकास निम्ती आफुले गर्नुपर्ने कामहरु गर्दै बिभिन्न निकायमा पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । अन्त्यमा उहाँले आफु संगै आएको टिमलाई पुनर्वास नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको भन्दै धन्यबद ज्ञापन गर्नुभयो ।

स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टिमलाई पालिकामा स्वागत तथा अभिनन्दन गर्न पाउँदा खुशी लागेको बताउनुभयो । पालिकाले दिएको ज्ञापन पत्रमा पुनर्वासको बिकासका निम्ती धेरै योजनाहरु समाबेश रहेको उहाँले बताउनुभयो । पुनर्वासमा टेक्नीकल इन्स्ट्रीच्युट स्थापना गर्न आफुले गरेको पहल लाई ध्यानमा राखेर काम गर्दिनहुन आग्रह गर्नुभयो ।

स्वागत तथा अभिनन्दन कार्यक्रम सकेर पार्टि अध्यक्ष सहितको टिम पुनर्वास २ मोतीबस्तीमा बस्नेछ । बुधबार बिहान जनता संग मर्निङ वाक र ८ बजे शहिद, बेपत्ता परिबारका सदस्यहरुको भेटघाट कार्यक्रम संगै सो टीम बेलौरी जाने कार्यक्रम तय भएको छ । झापाको कचनकवलबाट गत फागुन १२ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नु भएको यो अभियान पूर्व–पश्चिम लोकमार्ग र हुलाकी राजमार्ग हुँदै देशका विभिन्न जिल्ला पार गरेर कञ्चनपुरमा समापन हुन लागेको हो ।