नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनर्वास पुग्नु भएको छ । पार्टिले सञ्चालन गरेको राष्ट्रियस्तरको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ अन्तर्गत उहाँ पुनर्वास पुग्नु भएको हो । सोही कार्यक्रमका दौरानमा पुनर्वास पुग्नु भएका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि प्रचण्ड सहितको टिमलाई पुनर्वास नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको छ ।
अभिनन्दन कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलाली भन्सारको ब्यारीयलका कारण यस क्षेत्रका जनताले भोग्नु परेको समस्या लामो समय देखी छलफलमै रहेको बताउनुभयो । यो समस्या समाधानका लागी राजनितिक दल र सरकारले पहल गर्नेछ भन्ने बिश्वास रहेको बताउदै आफुले पनी सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । पुनर्वासमा खेलकुद रंगशाला लगायतका थुप्रै बिकास निर्माणमा आगामी बजेट निती तथा कार्यक्रममा समाबेश गराउन पहल गर्ने बताउनुभयो । उहाँले पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मालाई यहाँका योजनाको बिषयमा आफुले भनेको भन्दा पनी हजुरले भनेको अलि बढी लाग्छ कि भन्दै पुनर्वासकको बिकासमा पहल गर्नुपर्ने बताउनुभयो । पुनवासको बिकास निम्ती आफुले गर्नुपर्ने कामहरु गर्दै बिभिन्न निकायमा पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । अन्त्यमा उहाँले आफु संगै आएको टिमलाई पुनर्वास नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको भन्दै धन्यबद ज्ञापन गर्नुभयो ।

स्वागत तथा अभिनन्दन कार्यक्रम सकेर पार्टि अध्यक्ष सहितको टिम पुनर्वास २ मोतीबस्तीमा बस्नेछ । बुधबार बिहान जनता संग मर्निङ वाक र ८ बजे शहिद, बेपत्ता परिबारका सदस्यहरुको भेटघाट कार्यक्रम संगै सो टीम बेलौरी जाने कार्यक्रम तय भएको छ ।
झापाको कचनकवलबाट गत फागुन १२ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नु भएको यो अभियान पूर्व–पश्चिम लोकमार्ग र हुलाकी राजमार्ग हुँदै देशका विभिन्न जिल्ला पार गरेर कञ्चनपुरमा समापन हुन लागेको हो ।