नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला पुनर्वास पुग्नु भएको छ । सोही अवसर पारेर पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि प्रचण्ड सहितको टिमले पुनर्वास ११ डोकेबजारमा अवस्थीत गुम्वामा शिलन्यास गर्नु भएको छ । सो बौद्ध गुम्वा परिसरमा बन्न लागेको ३४ फिट अग्लो बौद्धको मुर्ति स्थापनार्थ आज पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि प्रचण्डको हातबाट शिलन्यास गरीएको गुम्वा समितीले जनाएको छ ।  बिशेष पुजा गर्दै प्रचण्डले सो मुर्ति स्थापनामा आफुले पनी सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । झण्डै २ करोड लागतमा सो मुर्ति बन्न लागेको छ ।