नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २४ बर्ष पुरा गरी २५ बर्षमा प्रबेश गरेको छ । देशभरी नै इन्स्योरेन्सका शाखाहरुले बिभिन्न कार्यक्रमहरु गर्दै २४ औँ बार्षिकोत्सब मनाएका छन् ।

यस्तै इन्स्योरेन्सको कञ्चनपुरको बेलौरीमा रहेको उपशाखाले पनी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुनर्वास नगरपालिका–४ मा रहेको श्री दुर्गा माध्यमिक विद्यालयमा दुई थान वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । सो हस्तान्तरण कार्यक्रमले बिद्यालयमा स्वच्छ पानी पहुँच विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बेलौरी उपशाखाका प्रमुख यज्ञ श्रेष्ठले जानकारी दिनुभयो ।

वाटर डिस्पेन्सर हस्तान्तरण कार्यक्रममा बिद्यालयको तर्फबाट ब्यवस्थापन समितीका अध्यक्ष बासुदेब घिमिरे, प्रधानाध्यापक बिनोद चन्द तथा शिक्षकहरु रहनु भएको थियो । यस्तै बरिष्ठ एजेन्सी म्यानेजर तथा समाजसेबी पुर्ण कुमारी गुरुङ, एजेन्सी म्यानेजर सगुन तामाङ, एजेन्सी म्यानेजर तथा शिक्षक भिमलाल तामाङ एजेन्सी म्यानेजर तथा शिक्षक धनबीर तामाङ लगायतको उपस्थितीमा हस्तनानतरण गरीएको छ ।

यस्तै २४ औँ बार्षिकोत्सबको अवसर पारेर उपशाखाले अभिकर्ता अभिमुखीकरण तथा पिकनिक कार्यक्रमको आयोजना समेत गरेको थियो । कार्यक्रममा आर्थीक बर्ष २०८०÷८१ को व्यक्तिगत तथा टिम व्यवसाय तर्फको नेपाल लाइफका टपर बरिष्ठ एजेन्सी म्यानेजर मदन भट्टले मोटिभेसन तथा सहजीकरण सत्र सञ्चालन गर्नुभएको थियो । सो कार्यक्रममा क्षेत्रीय लेखा प्रमुख महेन्द्र भट्ट, धनगढी शाखा प्रमुख गणेश राज अवस्थी तथा बेलौरी उपशाखा अभिकर्ता संघका अध्यक्ष नरेश कोइरालाले समेत अभिकर्ताहरुलाई ब्यवसायीक बृद्धी बारे मोटीभेसन तालीम दिनुभएको थियो ।

नेपाल लाइफ इन्स्योरेन्सले व्यवसायसँगै सामाजिक उत्तरदायित्व लाई पनि उच्च प्राथमिकतामा राख्दै आएको र यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर रुपमा सञ्चालन गर्ने बेलौरी उपशाखाका प्रमुख यज्ञ श्रेष्ठले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।