कञ्चनपुरको पुनर्वासमा सिकलसेल एनिमिया र थलेसिमिया रोगसम्बन्धी जनचेतना मूलक पैरवी कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना र पुनर्वास नगरपालिकाको समन्वयमा कार्यक्रम भएको हो । सिकलसेल र थलेसिमिया रोगसम्बन्धी जानकारी दिने उद्देश्यका साथ समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न कार्यक्रम गरीएको पुनर्वास ११ ा वडाध्यक्ष तुलसी अर्यालले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका सिकलसेल एनिमिया रोगका फोकल पर्सन सिद्धराज भट्टले सिकलसेल र थलेसिमिया अनुवांशिक रोग भएको र समयमै पहिचान तथा उपचार नगरे घातक हुनसक्ने बताउनुभो । सिकलसेल र थलेसिमिया रोगमा व्यक्तिको रगतको बनावटमा परिवर्तन हुने भएकाले नियमित परीक्षण, परामर्श र उचित उपचार अत्यावश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रम मार्फत स्थानीय तहमा सिकलसेल र थलेसिमिया रोगको पहिचान, परीक्षण र उपचार पहुँचलाई प्रभावकारी बनाउन पहल थालिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । साथै सिकलसेल र थलेसिमिया रोगको पहिचानका लागी जेठ २ गते शुक्रबार शिबिरको आयोजना गर्न लागीएको सिकलसेल एनिमिया रोगका फोकल पर्सन सिद्धराज भट्टले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम सेबिका, शिक्षक बिद्यार्थी, समुदायका अगुवा तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।