कञ्चनपुरको पुनर्वामा खुल्ला व्यायामशाला निर्माण गरीको छ । पुनर्वास–६ स्थित टाउन बजारको खुल्लमञ्चमा खुल्ला व्यायामशालाको निर्माण गरी शनिबार उद्घाटन गरिएको छ । प्रदेश सरकारको ५ लाख सहयोगमा निर्माण गरिएको व्यायामशालाको सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिर बहादुर थापाले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री थापाले स्वस्थ जीवनशैलीको विकासका लागि व्यायामशालाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । व्यायामशालामा भएका संरचनाहरूको अधिक्तम प्रयोगले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उहाँ बाउनुहुन्छ । उहाँले प्रदेश सरकार जनताको हितमा क्रियाशील रहेको र भौतिक संरचनासँगै सामाजिक विकासमा पनि योगदान दिइरहेको बताउनुभयो । पहिलो चरण भएकाले अबको बजेट मार्फत व्यायामशालालाई थप सुदृढ बनाउदै लैजाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा पुनर्वास नगरपालिकाको उपप्रमुख भुलिया कुमारी रानाले स्थानीय स्तरमा यसप्रकारका पूर्वाधार विकासले समुदायलाई सक्रिय र स्वास्थ्य सचेत बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्नेे प्रतिवद्धता ब्यक्त गर्नुभयो । पुनर्वास–६ का वडाध्यक्ष मित्र सिंह लामाले प्रदेश सरकारले विनियोजन गरेको पाँच लाख रुपैयाँको बजेटबाट व्यायामशालाको निर्माण सम्पन्न भएको बताउनुभयो । उहाँले सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै स्थानीयवासीले व्यायामशालाकोे भरपूर उपयोग गरी लाभ लिनु पर्नेमा जोड दिनुभयो । व्यायामशाला उद्घाटन सँगै सर्वसाधारणका लागि खुल्ला गरिएको छ । व्यायामशाला उद्घाटन कार्यक्रमको सञ्चालन पुनर्वास–६ का वडा सदस्य भावना स्वर्णकार सुनारले गर्नुभएको थियो ।