नेपाली लोकसंगीत क्षेत्रमा संघर्षरत नाम कृष्ण रोकायाले नयाँ गीत “मैले के जानु” सार्वजनिक गरेका छन् । गीतले प्रेम र भावनात्मक संघर्षको कथा बोकेको छ, जसले सबै उमेर समूहका दर्शक–श्रोताको मन छुने विश्वास गरिएको छ । गीतमा कृष्ण रोकाया र शान्ति श्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतको शब्द र सङ्गीत दिपेन्द्र बुढा क्षेत्रीले तयार गरेका हुन भने संगीत संयोजन पनि दिपेन्द्र कै हो । गितको अडियो तथा भिडियो निर्माण गायक कृष्ण रोकाया आफैले गरेका छन् । गितको रेकडिङ मरुनी डिजिटल स्टुडियो काठमाण्डौँमा गरिएको हो ।
यस्तै म्युजिक भिडियो निर्देशन MBD टीमले गरेको छ भने कोरियोग्राफी नरेश क्याप्टेनले गरेका हुन् । भिडियोमा गायक कृष्ण रोकाया र बिनु धामीको मुख्य भूमिका देख्न सकिन्छ । भिडीयोको सम्पादन तथा कलर ग्रेडिङ सुशील डाँगीले गरेका छन् । गीत अहिले विभिन्न डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ र छोटो समयमा नै दर्शक–श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । “मैले के जानु”  गित लाई कृष्ण रोकाया युटुब च्यानल मार्फत हेर्न सकिन्छ । यो भन्दा पहिले कृष्णका गितहरु पनी बजारमा आइसकेको छ ।